Logo

२०८३, श्रावण २७गते


images
images

एकदिवसीय अन्तर्राष्ट्रिय क्रीकेट

एकदिवसीय अन्तर्राष्ट्रिय क्रीकेटमा नेपालद्वारा पपुवा न्युगिनी दुई विकेटले पराजित

एकदिवसीय अन्तर्राष्ट्रिय क्रीकेटमा नेपालद्वारा पपुवा न्युगिनी दुई विकेटले पराजित

images
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रीकेटमा नेपालद्वारा पपुवा न्युगिनी दुई विकेटले पराजित
    images
    images

    काठमाडौं । पपुवा न्यूगिनीसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण क्रीकेट खेलमा नेपाल २ विकेटले विजयी भएको छ । पपुवा न्युगिनीले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले ३९.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

    images
    images
    images

    नेपालको जितमा ब्याटिङमार्फत् रोहितकुमार पौडेल र सोमपाल कामीले महत्वपूर्ण योगदान दिए । रोहितले ६५ बलमा ४१ र सोमपालले ३२ बलमा २२ रन बनाए ।
    त्यस्तै, कुशल भुर्तेलले १५, आशिफ शेखले ३०, कप्तान ज्ञानेन्द्र मल्लले ६, आरिफ शेखले ९, शरद भेषवाकरले ६, कुशल मल्लले एक रन बनाए । पवन सराफ भने शून्यमै आउट भए ।Screenshot_20210907-214626_Facebook.jpg

    images
    images
    images

    त्यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा  टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनी ३३ ओभरमा १ सय ३४ रनमै अलआउट भएको थियो  । उसका लागि लेगा सियाकाले ३०, चार्ल्स अमिनीले २३, गौडी टोकले २२, विकेटकीपर किल्पिन डोरिगाले १५, ससेस बउले १४ र चाड सोपरले अविजित १७ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।Screenshot_20210907-214601_Hamro Patro.jpg

    images
    images
    images

    बलिङमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ३५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । उनले ससेस बउ, चार्ल्स अमिनी, जसन कायल र नौसना पोकानालाई आउट गरे । कुशल मल्ल, विक्रम सोबले दुई/दुई, सोमपाल कामी र पवन सराफले एक/एक विकेट हात पारे ।

    यी दुई देश बीचको अर्काे खेल भदौ २५ गते स्थानीय समयअनुसार दिउँसो साढे दुई बजे हुनेछ ।
    यो शृङ्खलापछि नेपाल, अमेरिका र ओमनबीच विश्व कप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृङ्खला हुनेछ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।