Logo

२०८३, श्रावण २७गते


images
images

कृषकका कथा

पाल्पाली शिक्षक आचार्य व्यवसायीक खुर्सानी खेतीमा रमाउदैं, बार्षिक लाखौं आम्दानी

पाल्पाली शिक्षक आचार्य व्यवसायीक खुर्सानी खेतीमा रमाउदैं, बार्षिक लाखौं आम्दानी

images
  • सेतोमसी सहकर्मी
  • पाल्पाली शिक्षक आचार्य व्यवसायीक खुर्सानी खेतीमा रमाउदैं, बार्षिक लाखौं आम्दानी
    फोटो: जनक आचार्य
    images
    images

    पाल्पा । पछिल्लो समयमा युवा शक्तिहरू स्वदेशमा रोजगारीको अवसर छैन भन्दै बैदेशिक रोजगारीमा भौतारिने क्रम बढेको छ । नेपाल कृषि प्रधान देश हुदा हुँदै पनि कृषिमा आधुनिकिकरण एवम  व्यवसायीकरण नहुदा लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसकेका कारण युवा शक्ति बैदेशिक रोजगारीमा भौतरिएको अनुभुती गर्न सकिन्छ । यसै सन्दर्भमा जिल्लाको रिब्दिकोट गाउँपालिका वडा न ७ का जनक आर्चाय भने खुर्सानी व्यवसायमा व्यस्त देखि भएको छ । पेशाले शिक्षक रहनु भएका आर्चायको यतिबेला वारी भरि खुर्सानी तयारी अवस्था रहेको छन ।  जागर र मेहनताका साथ आधुनिक प्रविधिको प्रयोग गरि कृषि उपजका कार्यमा लाग्न सके कृषिबाट राम्रो फाइदा लिन सकिने कुरालाई उहाले प्रमाणित गर्नु भएको छ । 

    images
    images
    images

    गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिक करण परियोजनाको खुर्सानी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत गाउँपालिकाबाट अनुदान प्राप्त भए पश्चात् उहाले अहिले २ सय रोपनी क्षेत्रफल जग्गामा खुर्सानी रोप्नु भएको छ । आर्थिक बर्ष २०७७/०७८  चैत महिला देखि बिरुवा रोपण गर्न शुरू गरि हाल सम्म १ लाख ३५ ओटा खुर्सानीका बिरुवा रोपण गरेको बताउनुभयो । दिउँसो समयमा विद्यालयको शिक्षण पेशामा व्यस्त हुने र खाली समयमा खेत बारीको कार्य व्यस्त हुने गरेको बताउने आर्चायले गाउँका १५ जना व्यक्तिहरूको जग्गा प्रती रोपनी ६ सय रूपैयाँका दरले लिजमा लिएको खुर्सानी खेती सञ्चालन गरेको बताउनुभयो । आगामी दिनमा अझै खुर्सानी खेतीलाई विस्तारीकरण गरि नमुना कृषि फर्मको रूपमा विस्तार गर्ने बताउनुभयो ।

    images
    images
    images

    गाउँको प्रभात मा विमा अस्थायी शिक्षकको रूपमा अध्यापन गराउदै आउनु भएका आर्चायले आगामी भदौ महिना देखि बिरुवा लगाउन शुरू गरि करिब ४५ हजार बिरुवा लगाउने लक्ष्य रहेको बताउनुभयो । उमेरले ४४ बर्ष हुनुभएका आर्चायको घरमा ६ जना परिवारका सदस्यहरू रहनुभएको छ । सानै उमेर देखि नै कृषि कर्म गर्न पराउने बताउने आर्चायले हाल कृषि फर्ममा ५ जनालाई  रोजगारी दिएको बताउनुभयो । खुर्सानीमा समय समयमा विभिन्न रोगहरू देखा पर्ने भएकोले १ जना कृषि प्राविधिक सहित अन्य ४ जनालाई मासिक १५ देखि २० हजार तलब दिने गरि रोजगार प्रदान गरेको उहाँ बताउनु हुन्छ । आर्चायको बारीमा हाल रहर लाग्दो खुर्सानी रहेका छन । उहाको फर्ममा पुगी अवलोकन गरे पछि मनमा केही गरू गरू भन्ने उत्साहा जाग्ने गर्दछ । प्रती केजी २ सय ६० रूपैयाँमा खुर्सानीको विक्री गर्ने गरेको बताउदै यो छेलमा करिब ५० लाख भन्दा धेरै कारोबार गर्ने लक्ष्य रहेको बताउनुभयो । 

    images
    images
    images

    कृषक आर्चायले अहिले आफ्नो फर्ममा तयारी भएको खुर्सानी चाउचाउ उधोगले बिक्री वितरण गर्ने योजना रहेको बताउनुभयो । उहाले भन्नु भयो "चाउचाउ उधोगले खुर्सानी खरिद गर्छु भन्नू भएको छ । फोनमा कुराकानी भएको छ , अब सम्झौता गरि बिक्री गर्ने योजनामा छु "। उहाले बताउनुभयो । आफ्नो गाउँ ठाउँमा खाली रहेका जग्गा जमिनलाई सदुपयोग गरि आधुनिक कृषि प्रणाली अपनाई कृषि कर्ममा लाग्न पाउला आफु खुशी रहेको बताउने आर्चायले बैदेशिक रोजगारीमा भौतारिनु भएका युवा शक्तिहरूलाई आफ्नै देशको माटोमा पसिना बगाई स्वदेशमा नै उत्पादनमूलक कार्य गर्न आर्गह गर्नु हुन्छ ।

    नेपाल कृषि प्रधान देश हो । नेपाल धेरै जसो मानिसहरू कृषि पेशामा आधारित रहदा पनि कृषिमा लगानशिलता र आधुनिकिकरण नहुदा कृषि व्यवसायहरू सफल हुन सकेका छैनन त्यसैले लगनशिल र व्यवसायीक मुलक कृषि कर्म गर्न सके कृषिबाट सोचे भन्दा धेरै प्रतिफल प्राप्त गर्न सक्ने आर्चायले बताउनु भयो । फर्मबाट उत्पादन भएका खुर्सानीहरू गाउँपालिकाको मुख्य बजार हार्थोक बजार,तानसेन लगाएत बुटवल सम्म पनि विक्री वितरण हुने गरेको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण प्रयोजना अन्तर्गत गाउँपालिकाको समन्वय अनुदान प्राप्त गरि कृषि कर्ममा लाग्दा आफुलाई उत्साहा मिलेको कृषक आर्चाय बताउनु हुन्छ । आगामी दिनमा अझ यो कार्यलाई विस्तार गरि नमुना फर्मको रूपमा विकास गर्न आफु लागि पर्ने बताउनु भयो। गाउँपालिका का अध्यक्ष नारायण बहादुर जि सीले गाउँपालिकालाई कृषिमा नमुना बनाउनका लागि पालिका अगाडि बढेको बताउनुभयो । गाउँपालिकाले पालिकाका ८ वटै वडाहरूमा प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम,मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम,गाउँपालिका र हेफर सँगको सहकार्यमा कृषि उपजका कार्यक्रम तथा गाउँपालिका आफै पनि कृषकहरूलाई आधुनिक कृषि उपजका कार्यहरूमा जोडी गाउँपालिकालाई कृषिमा आत्म निर्भर बनाउनका लागि कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो ।

    नेपाल लगाएत रिब्दिकोटका  धेरै जसो नागरिकहरू कृषि पेशामा आश्रीत रहेकोले कृषिमा व्यवसायीकरण तथा आधुनिकरण नहुदा सम्म आम नागरिकहरूको जीवन स्तरमा सुधार नहुने हुदा गाउँपालिकाले कृषकको मागका आधारमा बाख्रा पालन पकेट क्षेत्र कार्यक्रम,सुन्तला पकेट क्षेत्र कार्यक्रम,मौरी पालन पकेट क्षेत्र  कार्यक्रम,अदुवा पकेट क्षेत्र कार्यक्रम,भौसी पालन पकेट क्षेत्र,खुर्सानी पकेट क्षेत्र कार्यक्रम,टमाटर पकेट क्षेत्र कार्यक्रम,आलु पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।  

    गाउँपालिका उपाध्यक्ष आर्चायको फर्मको अवलोकन गर्दै गाउँपालिकाले प्रदान गरेको अनुदानको सदुपयोग गर्दै नमुना कार्य गर्न सफल भएकोमा शुभकामना दिनुभयो  । रिब्दीकोट गाउँपालिकाले प्रत्येक बर्ष कृषिलाई प्राथमिकतामा राखि बजेट बिनियोजन गरि विभिन्न पकेट क्षेत्रका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको बताउनुभयो । गाउँपालिकाले पालिकाका पकेट क्षेत्र सम्भावना रहेका स्थानहरूको अवलोकन गरि विभिन्न अनुदानका कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयो । मेहनत र लगानशिल भई कृषिमा लाग्न सके कृषिबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने कुराको प्रमाणित गर्नु भएको छ । रिब्दिकोट पालुङ्ग मौनादीका कृषक जनक आर्चाय,त्यसैले रोजगारीको अवसर खोजी बिदेश भौतारियका युवाहरूले यसबाट पाठ सिकि आफै नै माटोमा केही गर्न सके देशले कृषिका क्षेत्रमा कोल्टे फेर्ने थियो ।

    (तस्बिर तथा जानकारी - जनक आचार्य, पाल्पा रिब्दिकोट)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।