काठमाडौं । नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापाले नेकपा एमाले नै नेपालको श्रमजीवीको पार्टी भएको बताएका छन्।
नेकपा एमालेले बिहिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले एमाले जनता र श्रमजीवीको पार्टी पार्टी भएको भन्दै यसमा सबै जनताहरूको अग्रसरता हुने बताए। ‘नेकपा एमाले, नेपाली सर्वहाराहरूको पार्टी हो, सारथी हो । श्रमजीवीको पार्टी हो,’ बागमती प्रदेशको इञ्चार्जसमेत रहेका थापाले भने।
बादलले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने दाबी गरेका छन् । उनले परमादेशमा सरकार बनेको र यसलाई प्रतिगामी कदमको रूपमा अर्थ्याए।
दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएको भन्दै उनले एमालेले प्रतिगमन अन्त्य गरेरै छाड्ने बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology