काठमाडौं । प्रहरीले कोटेश्वरबाट पेस्तोल र त्यसमा लाग्ने नौ थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय सनराइज खड्का छन् ।
उनी होटलबाट पक्राउ परेका हुन् ।
प्रहरी अधिकारीका अनुसार, लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा सर्च गर्दा उनको साथबाट पेस्तोल बरामद भएको हो । उनीमाथि थप अनुसन्धान जारी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology