Logo

२०८३, आश्विन ९गते


images
images

औद्योगिक व्यापार मेलामा रिदम व्याण्डको धमकेदार प्रस्तुती

औद्योगिक व्यापार मेलामा रिदम व्याण्डको धमकेदार प्रस्तुती

images
  • औद्योगिक व्यापार मेलामा रिदम व्याण्डको धमकेदार प्रस्तुती
    images
    images

    बुटवल । बुटवलको औद्योगिक व्यापार मेलामा दीपक बज्राचार्य एण्ड द रिदम व्याण्डको धमकेदार प्रस्तुती रह्यो । मेलामा शुक्रबार दीपक बज्राचार्य र उनको द रिदम व्याण्डको प्रस्तुतीले बुटवलको चिसोलाई तातो बनायो ।

    images
    images
    images

    मेलामा स्टेज चढेसंगै दर्शकको हुटिङ् र तालीको साथ पाएका बहुचर्चित गायक दीपकले गायन करियरको सुरुदेखिका गित गायर दर्शकलाई पनि भरपुर मनोरञ्जन प्रदान गरे । दीपक र उनको द रिदम व्याण्डले हजारौं दर्शकले भरिभराउ बुटवल मण्डपको शन्ध्याकालिन साँझलाई संगितमय बनाएको थियो ।

    images
    images
    images

    त्यस अवसरमा उनले म कुनै रितु होईन, कालिकालि हिस्सी परेकी लगायतका थुप्रै गित गाए । शुक्रबार मेलामा दीपक बज्राचार्य एण्ड द रिदम व्याण्ड सहित लोक तथा दोहोरी गायिका सर्मिला विसी, विन्दु परियार, रामेश्वर ढकाल लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।
    त्यस्तैगरी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, खुला लोक दोहोरी गित प्रतियोगिता र भ्वाईस अफ बुटवल, डान्स च्याम्स अफ बुटवल प्रतियोगिता भएका छन् ।

    images
    images
    images

    त्यसैगरी आज शनिबार लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, दामोदर बस्याल, शिलु भट्टराई, योगराज पोखरेल, गणेश अधिकारी, हास्य कलाकार कमल भट्टराई र विजय बमरेल तथा डान्सर निष्ठा पुन र मनिसा बस्यालको प्रस्तुती रहनेछ ।

    त्यस्तै खुला लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता तथा भ्वाईस अफ बुटवल लगायतका प्रतियोगिता हुने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराए ।

    ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित यहि पुसको ३ देखि १८ गतेसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल छन् । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भईरहेको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दीपक चापागाईले जानकारी गराए ।

    मेलामा नगरपालिकाको अनुगमन, नेताहरुको स्थलगत अवलोकन

    बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलाका स्टल तथा होटलहरुमा बुटवल उपमहानगरपालिकाले अनुगमन गरेको छ ।

    0.jpg

    अनुगमनका क्रममा विगतका मेलाका तुलनामा सबैकुरा धेरै सुधार भएको राम्रो पाईएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताए । उनका अनुसार केही सुधार गर्नुपर्ने कुराहरुमा सुधारको लागि सुझाव दिईएको छ । मेलाका सबै पक्ष राम्रो पाईएको बताउँदै उनि  होटलहरुमा पनि सरसफाई लगायत व्यवस्थापकीय कुराहरुमा राम्रो देखिएको बताए ।

    त्यसैगरी शुक्रबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्मा, नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँकी, संविधान सभा सदस्य नेत्र पन्थी लगायतका नेता तथा उद्योगी व्यवसायीहरुका छाता संस्थाका प्रतिनीधिहरुले मेलाको अवलोकन गरेका  छन  ।

    उनहरुलाई संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्याल सहित पदाधिकारीहरु स्वागत गरेका थिए । त्यस अवसरमा अध्यक्ष अर्यालले मेलाका सबै पक्षका बारेमा जानकारी गराएका थिए । मेलाको स्थलगत अवलोकन पछि नेताहरुले मेलाको व्यवस्थापकीय पक्ष र साजसज्जा सबै राम्रो देखिएको प्रतिक्रिया दिए । उनहरुले यस्तो मेलाले मुलुकको औद्योगिक विकासमा टेवा पुर्याउने समेत विश्वास व्यक्त गरे। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।