Logo

२०८३, आश्विन ९गते


images
images

औद्योगिक व्यापार मेला : वित्तीय साक्षरता एव उद्यमशीलता सम्बन्धि गोष्ठी सम्पन्न

औद्योगिक व्यापार मेला : वित्तीय साक्षरता एव उद्यमशीलता सम्बन्धि गोष्ठी सम्पन्न

images
  • औद्योगिक व्यापार मेला : वित्तीय साक्षरता एव उद्यमशीलता सम्बन्धि गोष्ठी सम्पन्न
    images
    images

    बुटवल । बुटवलमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेलाको अवसरमा बिहिबार वित्तिय साक्षरता एवं उद्यमशिलता सम्बन्धि गोष्ठि गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्ब गभर्नर डा. चिरञ्जिवी नेपालले देशको आर्थिक विकासका लागि आर्थिक नीति सहि हुनुपर्ने भन्दै आर्थिक नीति बनाउदा अल्पकालिन र दिर्घकालिन प्रभावको बारेमा सोचेर बनाउनुपर्नेमा जोड दिए ।

    images
    images
    images

    निजी क्षेत्रसँगको सहकार्य बिना मुलुक समृद्ध बन्न नसक्ने भन्दै उनले लगानीको सूरक्षाको प्रत्याभुति नभएसम्म निजि क्षेत्रबाट लगानी नगर्ने बताए । नेपालमा युवाहरुले के गर्न चाहन्छन र के गर्न सक्छन भन्ने भन्दा पनि आफुले गर्न चाहेको कुरा लाद्ने प्रवृत्ति रहेको भन्दै पुर्ब गभर्नर नेपालले त्यस्तो प्रवृत्ति त्यागेर देशमा के कस्ता सम्भावना छन् र कसले के गर्न सक्छ भन्ने कुराको आधारमा योजना अगाडी बढाउनुपर्ने धारणा राखे ।

    images
    images
    images

    कार्यक्रममा सानिमा बैंकका पुर्ब प्रमुख कार्यकारी अधिकृत एवं वित्तीय साक्षरता नेपालका अध्यक्ष भुवन दाहालले नेपालमा लगानीको सम्भावना छैन, देशमा पैसा पनि छैन, यहाँ केही पनि हुँदैन भनेर बिदेशीने क्रम बढेको भन्दै नेपालमा सम्भावनानै सम्भावना र पैसै पैसा भएको दाबी गरे ।

    images
    images
    images

    नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको तर्फ संकेत गर्दै उनले भारतको अयोध्यामा पछिल्लो छ महिनामा मात्रै ११ करोड बढी पर्यटक पुगेको र बनारसमा एक बर्षमा १२ करोड पर्यटक पुगेको तथ्यांक प्रस्तुत गर्दै राम जन्मेको ठाउँमा त्यति पर्यटक गए भने सीता जन्मेको ठाउँमा पनि जान चाहन्छन् होला नि भनि प्रश्न गरे । बिगतमा बैंकको ब्याजदर महंगो भयो भनेर उद्योगि ब्यवसायीले ब्याजदर घटाउनुपर्ने माग गरेको स्मरण गर्दै उनले अहिले ब्याजदर घटे पनि कर्जा प्रवाह हुन नसकेको बताए ।

    बृद्धि प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत निरज खनालले सामसुङ, हुण्डाई र एलजी कम्पनीको सफलताकै कारण कोरिया धनि बनेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि विश्व बजारमा माग भएका उत्पादन गर्नुपर्नेमा जोड दिए । उद्यमशील बन्न अन्तरआत्माबाटै केही गर्छु भन्ने भावना जागृत हुनुपर्ने बताउदै उनले ब्यापार गरेर केही प्रतिसत मुनाफा कमाउने कि विश्व बजारमा माग भइरहेका सामान उत्पादन गरेर बिदेशी मुद्रा आर्जन गर्ने भन्ने बिषय मुख्य भएको उल्लेख गरे ।

    कार्यक्रममा नेपाल धितोपत्र बोर्डका पुर्ब कार्यकारी अधिकृत तथा साक्षरता नेपालका सचिब निरज गिरीले सेयर बजार, साक्षरता नेपालका बोर्ड सदस्य बर्षा श्रेष्ठले क्रेडिट रेटिङग तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका प्रमुख विज्ञानराज सुबेदीले बैंक तथा वित्तीय संस्थाको ब्यवस्थापन र राज्यको नीति बारे सहजिकरण गरेका थिए ।

    सो अवसरमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरका कारण कतिपय उद्योगि ब्यवसायी आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै नियमनकारी निकायले नियमन गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका बाणिज्य उपाध्यक्ष बिमलराज भट्टराई, उद्योग उपाध्यक्ष सुरज भट्टराई, संघका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक बालकृष्ण पौडेल, सहभागि राजिब गौतम लगायतले कार्यक्रमको उद्देश्य र औचित्यबारे आआफ्नो भनाई राखेका थिए ।

    औद्योगिक व्यापार मेलाका अवसरमा वित्तिय साक्षरता लगायतका विषयमा अन्तरक्रिया कार्यक्रमहरु राखिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेला यहि पुसको १८ गतेसम्म चल्नेछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।