Logo

२०८३, आश्विन ९गते


images
images

बुटवलको औद्योगिक व्यापार मेला : मुख्य ७ विधामा प्रतियोगिता हुने

बुटवलको औद्योगिक व्यापार मेला : मुख्य ७ विधामा प्रतियोगिता हुने

images
  • बुटवलको औद्योगिक व्यापार मेला : मुख्य ७ विधामा प्रतियोगिता हुने
    images
    images

    बुटवल । बुटवलको मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुनेछन् । मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अनुसार यहि पुस १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिने मेलामा मुख्यतया ७ विधामा प्रतियोगिता गर्न लागिएको हो । 

    images
    images
    images

    १६ दिनसम्म सञ्चालन हुने मेलामा लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता र टिकटक प्रतियोगिता गर्न लागिएको मेला कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिए । त्यसबाहेक मेला स्थलमा अन्य प्रतियोगिताहरु पनि सञ्चालन हुनेछन् । 

    images
    images
    images

    मेलामा लोक संस्कृतिसँग सम्बन्धित विषयमा ५ वटा विधामा प्रतियोगिता गराउन लागिएको छ भने मेलाको प्रचार प्रसारमा समेत टेवा पुग्नेगरी टिकटक प्रतियोगिता गर्न लागिएको हो । बुटवल मेलामा पहिलो पटक हास्यव्यङ्ग्य प्रतियोगिता गर्न लागिएको छ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने छ । 

    images
    images
    images

    मेला कार्यसम्पादन समितिका सहसंयोजक तथा सांस्कृतिक कार्यक्रम समन्वयकर्ता टंकप्रसाद गैरेका अनुसार लोक दोहोरी प्रतियोगितामा प्रथम हुने समुहलाई ७५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै द्वितीय हुने समुहलाई ५० हजार, तृतीय हुने समुहलाई २५ हजार र सान्त्वना हुने समुहलाई ११ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ । 

    मेलाको अर्को मुख्य आकर्षण ‘भ्वाईस अफ बुटवल’ रहेको छ । भ्वाईस अफ बुटवलमा प्रथम हुनेले ५५ हजार रुपैंया, द्वितीय हुनेलाई ३० हजार रुपैंया र तृतीय हुनेलाई २० हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    मेलामा विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता पनि समावेश गरिएको छ । सो प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ३ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिनेछ । 

    माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिनेछ । त्यस्तै भजन चुट्का प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिनेछ । 

    प्रचारप्रसारलाई समेत सहयोग हुनेगरी मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको छ । यो प्रतियोगिता भने यहि मंसिरको २५ गतेदेखि सुरु हुनेछ । टिकटक प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने मेला सचिवालयले जनाएको छ । त्यस बाहेक मेलामा सांस्कृतिक कार्यक्रम पनि हुनेछ । मेलामा लोक सांस्कृतिक, आधुनिक लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ । 

    ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित सञ्चालन गर्न लागिएको मेलामा सरदर ५ सय स्टल रहनेछ । जसमा १० वटा विषयगत पेभिलियन निर्माण गरिनेछ भने कृषि पेभिलियनमा प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिईएको छ । यस्तै व्यूटि पेभिलियन तर्फ उपत्यका बाहिर पहिलो पटक व्यूटि एक्स्पोको तयारी आयोजकले गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।