Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालय स्तरीय लोकदोहोरी प्रतियोगितामा कालिका र भजन चुट्कामा पाल्पा प्रथम

विद्यालय स्तरीय लोकदोहोरी प्रतियोगितामा कालिका र भजन चुट्कामा पाल्पा प्रथम

images
  • विद्यालय स्तरीय लोकदोहोरी प्रतियोगितामा कालिका र भजन चुट्कामा पाल्पा प्रथम
    images
    images

    बुटवल । बुटवलमा सञ्चालन भईरहेको औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकदोहोरी गित प्रतियोगितामा बुटवलको कालिका मावन ज्ञान माध्यमिक विद्यालयको समुह प्रथम भएको छ । आईतबार भएको फाईनल प्रतिस्पर्धामा जगन्नाथ माध्यमिक विद्यालय सुनवलको समुहलाई पछि पार्दै कालिका मानव ज्ञानको समुह प्रथम भएको हो । 

    images
    images
    images

    त्यसैगरी जगन्नाथ माध्यमिक विद्यालय विद्यालय द्वितीय भएको छ । बुटवलको न्यू होराईजन तृतीय र एपेक्स बोर्डिङ सान्त्वना भएका छन् । प्रतियोगितामा १२ विद्यालय सहभागि भएका थिए । प्रतियोगितामा प्रथम हुने कालिका मानव ज्ञान माध्यमिक विद्यालयको समुहलाई १५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । 

    images
    images
    images

    त्यसैगरी द्वितीय हुने जगन्नाथ माध्यमिक विद्यालयको समुहलाई १० हजार, तृतीय हुने न्यू होराईजनको समुहलाई लाई ५ हजार र सान्त्वना एपेक्सको समुहलाई ३ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । आईतबार नै फाईनल प्रतियोगिता भएको भजन चुट्का प्रतियोगितामा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान पाल्पा (नारी समुह) प्रथम भएको छ । प्रतियोगितामा प्रथम हुने उक्त समुहलाई २० हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । त्यसैगरी ताली भजन किर्तन समुह सैनामैना द्वितीय, राष्ट्रिय लोक भजन चुट्का प्रतिष्ठान सुनवल तृतीय र आकाशदेवी भजन समुह सैनामैना सान्त्वना भएका छन् । 

    images
    images
    images

    प्रतियोगितामा द्वितीय हुने ताली भजन किर्तन समुह सैनामैनाको समुहलाई १२ हजार, तृतीय हुने राष्ट्रिय लोक भजन चुट्का प्रतिष्ठान सुनवलको समुहलाई ८ हजार र सान्त्वना हुने आकाशदेवी भजन समुह सैनामैनाको समुहलाई ५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको सांस्कृतिक कार्यक्रम संयोजक मेला कार्यसम्पादन समितिका सदस्य निर्मित कसजूले जानकारी गराए । 

    मेलामा आईतबार पनि दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला कार्यसम्पादन समितिका सदस्य सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराए । आईतबार मेलामा लोक तथा दोहोरी गायक पुस्कल शर्मा, प्रकाशराज दुतराज, लक्ष्मी बस्नेत, रेनु राना, उज्ज्वल गिरी, डान्सर अस्मी सुनामको प्रस्तुती रह्यो । 

    त्यसैगरी सोमबार लोक तथा दोहोरी गायक बमबहादुर कार्की, बद्रि पंगेनी, आशा विसी, तेजु अर्याल, दुर्गा नेपाल, विष्णु सिंजाली मगर, डान्सर ललिता पाईजा मगरको प्रस्तुती रहने पनि सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराए । 

    बुटवल हस्पिटलको प्राथमिक उपचार सेवा

    यहि पुसको ३ गतेदेशि सञ्चालनमा रहेको बुटवलको औद्योगिक व्यापार मेलामा बुटवल हस्पिटल प्रा.लि.ले प्राथमिक उपचार सेवा प्रदान गरेको छ । मेला स्थलको मुल गेटमै बुटवल हस्पिटल प्रा.लि.ले निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गरेको हो ।

    मेला स्थलमा आईपर्ने सम्पुर्ण स्वास्थ्य सम्वन्धी समस्याका लागि बुटवल हस्पिटल प्रा.लि.लाई जिम्मेबारी प्रदान गरिएको मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी दिए । 

    बुटवलको मेलामा आउने सबै अवलोकन कर्ताहरुलाई निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गर्नेगरी व्यवस्थापन गरिएको छ । मेलामा स्वास्थ्यकर्मी तथा प्राथमिक उपचारका लागि आवश्यक पर्ने औषधी तथा उपकरणहरुको व्यवस्थापन गरिएको अस्पतालका जनरल म्यानेजर देवेश कर्णले बताए ।

    प्रत्येक दिन स्वास्थ्यकर्मीको टोलीले सेवा दिने भएकोले बुटवल हस्पिटलमा हुने अन्य सेवाका वारेमा बुझ्न र विभिन्न स्वास्थ्य चेकअपका प्याकेजहरु लिनका लागि पनि प्राथमिक उपचारकक्षमा पुग्न अस्पतालका मेडिकल सुपरेटेण्डेन डा. कृष्ण खनालले जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।