Logo

२०८३, आश्विन ९गते


images
images

कठै बरा तीज : न रस, न रौनक 

कठै बरा तीज : न रस, न रौनक 

images
  • सेतोमसी सहकर्मी
  • कठै बरा तीज : न रस, न रौनक 
    images
    images

    कृष्ण अन्जान, रुरु । वर्ष दिनकाे तीज तर रुरुक्षेत्रका सबै जसाे तिजका डाँडाहरु रित्तै छन ।
    मादल डम्फू सँगै तिजका गितले घन्किने रुरु ४ काे चौतारा, रुरु ३ काे काेट रुरु २ काे भन्ज्याँग पाेखरा, रुरु ५ काे रानिवास रुरु, १ र २ काे साँध स्यालपाेखरी, र रुरु १ काे भट्कुवा डाँडिपाेखरी सबै तिर न रौनक  न रस नै देखियाे ।

    images
    images
    images


    रुरुक्षेत्रका यिनै तिजका डाँडा हुन, जहाँ नया पहिरनले सजिएका चेलिहरुले तिजकाे रौनक बढाउँथे । तर केहि बर्ष देखि परम्परामा ह्रास आएकाे छ भने पछिल्लो पटक त काेभिडले तिज लगाएतका ठुला पर्वलाई नराम्ररी प्रभावित पारेकाे छ ।

    images
    images
    images

     

    images
    images
    images

    "तिज कस्ताे हुन्थ्यो बरै तिजका डाँडा डमक्कै ढाकिन्थे । गाउँ भरिका जम्मा हुन्थे ।  अटाई नअटाई हुन्थ्याे । तर समयले सबै कुरा भुलाउँदै लग्याे" रुरुक्षेत्र ३ स्यालपाेखरीकि माया ज्ञवालीले भन्नुभयाे ।


    अघिल्लाे पुस्तालाई मात्र हाेईन पछिल्लो पुस्तालाई पनि तिज मा रौनकता नभएकाेमा पीडा छ । पाेहाेर  र अहिले त काेराेनाले असर गर्याे त्यस भन्दा अगाडि पनि तिजका डाँडामा खासै रमाईलाे नभएकाे  माईति गाउँ आएकी बुटवलकी सीता ज्ञवालीले बताउनुभयो  ।


    तिज वास्तवमै नेपाली महिलाकाे महान पर्वमात्र हाेईन, उनिहरुका पीडा पाेख्ने दुखसुख साट्ने । माईतिमा रमाईलाे गर्ने मिठा परिकार खाने बा आमा दाजुभाई दिदी बहिनी भेट्ने पर्व हाे । तर यतिबेला तिज शून्य बनेकाे छ ।


    "खै कहिँ कतै नाचेकाे गाएकाे देखिएन जताततै सुनाे छ" रुरु ४ बलेटक्सारका खुमानन्द ज्ञवालीले भन्नुभयाे ।


    तिज परम्परागत पर्व तर विस्तारै परिमार्जित हुँदै जाँदा अत्यधिक तडक भडकमा केन्द्रित मात्र बनेकाे छैन विकृत पनि वनेकाे छ ।


    उहिल्यै जस्ताे कहाँ छ र तिज, तिजका गितहरुमा पुरानाेपन छैन तिजका गित हुनकि जिउँति जे गाए पनि हुने, जस्तो गाए पनि हुने, जे लगाए पनि हुने, गर्दा गर्दा त दर खाने नाममा जे खाए पनि हुने । यो अवस्था मात्र सिर्जना भएन धनि र गरिबकाे खाडल राम्रैसँग देखिएकाे विश्लेषण गर्न हुन्छ रुरु ३ का समाजसेवि कृष्ण राज ज्ञवाली ।


    तिज समय अनुसार बग्दै आएकाे मात्र छैन । बिस्तारै याे पर्व विस्थापित हुने खतरा छ ।
    कुनै जमाना थियाे पुराना आमाहरुले सासू बुहारी नन्द आमाजु बिचका तितामिठा अनुभवहरुलाई गितमा टमक्क उनेर गाउने गर्नुहुन्थ्यो । बुहारीले सासुलाई गरेकाे व्यवहार सासुकाे बुहार्तन नन्द आमाजुले दिएकाे पीडा  लाई गित वनाएर गाईन्थ्याे ।


    बिस्तारै गितहरु अगाडि वढ्दै गर्दा लाेग्नेका बानि ब्याहाेरा सौताका कुरा लाई गितमा उनिन थाल्याे । 


    तीस देखि पचासकाे दशकमा तिजका गितहरुमा सामाजिक चेतना महिला मुक्तिका आवाज, न्याय समानताका कुराहरु जाेडदार रुपमा उठाईए । याे अवधिसम्म तिज पर्वकाे स्वर्णिम युग थियाे । तर यसपछि तिज ओरालाे लाग्याे । गितहरुमा आफुले लगाउने फेसन र स्वप्रसँसामा केन्द्रित भयाे ।


    पाेलेका तामा घरमा खाईने अर्गानिक उत्पादन, बाेडिकाे तरकारि गाउँले चामलमा घिउ हालेर पकाईएकाे खाजा राति उठेर खाने खिर अर्थहिन भयाे र ठुला हाेटलहरुमा पुलाउ, कुखुराका सपेटा लगायतका राजसी परिकार मात्र हाेईन, लाखौँका रानिहार लगायतका नामै नसुनिएका गहनाले कोलिप सिरफुल ढुँग्रि मरवाडि तिलहरिलाई कप्लक्कै निले ।


    सँगै आधुनिक फैसनका पहिरनले तिजलाई बर्गिय विभेद गर्याे ।  गितहरुका शव्द यसरी फेरिएकि कसरी उत्तेजना बढ्छ, त्यसरी रत्यौली पाराका गित बने ।


    दहि माेहिकाे मिठाे स्वादले मेटाउने तिर्खा वाईन र बियरले मेटिन थाले र पश्चिमा सँस्कृतिले तिजलाई लपक्कै ढाकेपछि पुरानाे परम्परागत तिजले गुहार माग्दा पनि गुहार पाउन सकेकाे छैन ।


    समय अनुसार परिवर्तन हुनुपर्छ तर यति साह्रै विकृति ले साँस्कृतिक पहिचानलाई सिध्याउँछ बुटवलबाट तिज मनाउन गुल्मीको रुरु १ थाेर्गा च्यूरेक आउनु भएका वरिष्ठ लाेक गाएक ओम ज्ञवालीले बताउनु भयाे ।


    तर समय धेरै अगाडि बढिसकेकाे छ । लाग्छ, सँस्कृति रहन सहन मान्छेकाे जीवन शैली बाँच्ने तरिकाले अब फेरि यी तिजका डाँडाहरुमा राता सारी लगाएर ढल्कँदै आउने र तिजका गित गाउने कुरा मात्र सम्झना मात्र सिमित हुनेछन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।