Logo

२०८३, आश्विन ९गते


images
images

युगीन रचनावाचन आज, लोकप्रिय गजलकार प्रदिप रोदनसहित श्रष्टाहरु देवदहमा

युगीन रचनावाचन आज, लोकप्रिय गजलकार प्रदिप रोदनसहित श्रष्टाहरु देवदहमा

images
  • युगीन रचनावाचन आज, लोकप्रिय गजलकार प्रदिप रोदनसहित श्रष्टाहरु देवदहमा
    images
    images

    देवदह । वि. सं. २०६७ सालदेखि देवदह क्षेत्रमा क्रियाशील युगीन साहित्य समाजले आज देवदहमा विशेष रचनावाचन गर्दै छ । आफ्नो प्रस्तुतिका लागि लोकप्रिय गजलकार प्रदिप रोदनसहित श्रष्टाहरु देवदह आइपुगेको युगीनका अध्यक्ष सुशील सापकोटाले जानकारी दिए । 
     
    "आज देवदह साहित्यमय हुनेछ । आफ्नो प्रस्तुतिको लागि श्रष्टाहरु देवदह आइपुग्नु भएको छ ।" सेतोमसीसंग कुरा गर्दै अध्यक्ष सापकोटाले भने "बिहान ११ बजेदेखि देवदह आदर्श बहुमुखी क्याम्पसमा रचनावाचन हुनेछ । श्रष्टाहरुले कविता, गजल र मुक्तक गरी २८ वटा रचनावाचन गर्नु हुनेछ ।"

    images
    images
    images

    कार्यक्रममा गजलकार रोदनसहित मुक्तककार डिआर न्यौपाने 'सुर्य', कवयित्री सन्ध्या भण्डारी, कवि छवि ज्ञवाली र कवि नारायण प्रसाद भण्डारीले रचनावाचन गर्ने कार्यक्रम छ । 

    images
    images
    images

    युगीन साहित्य समाजको आठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा साहित्यकार तुल्सी घिमिरे 'पुष्प' लाई युगीन साहित्य साधना सम्मानसमेत प्रदान गरिने र एक लाख ५० हजार राशीको अक्षयकोष स्थापनाको घोषणा समेत गरिने आयोजकले जनाएको छ । 

    images
    images
    images

    कार्यक्रममा युगीन साहित्य समाजका आजीवन सदस्यलाई प्रमाणपत्र वितरण वितरण गरिने र अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत निर्वाचित गर्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।