देवदह । देवदह र आसपासका क्षेत्रमा क्रियाशील युगीन साहित्य समाजले मङ्सिर १५ मा विशेष रचनावाचन गर्ने भएको छ । संस्थाको तेस्रो अधिवेशनको अवसरमा गजलकार प्रदिप रोदनसहित शृष्टाहरूले रचनावाचन गर्ने अध्यक्ष सुशील सापकोटाले जानकारी दिए ।
"मङ्सिर १५ मा देवदह साहित्यमय हुनेछ । साहित्यकार तुल्सी घिमिरे 'पुष्प' लाई युगीन साहित्य साधना सम्मानसमेत प्रदान गरिने छ ।" सेतोमसीसंग कुरा गर्दै अध्यक्ष सापकोटाले भने, "प्रदिप रोदनसहित पाँच जना साहित्यकारले विशेष रचनावाचन गर्नुहुनेछ ।"
गजलकार रोदनसहित मुक्तककार डिआर न्यौपाने 'सुर्य', कवयित्री सन्ध्या भण्डारी, कवि छवि ज्ञवाली र कवि नारायण प्रसाद भण्डारीले रचनावाचन गर्ने संस्थाले जनाएको छ ।
मङ्सिर १५ गते बिहान ११ बजेदेखि देवदह आदर्श क्याम्पस शितलनगरमा कार्यक्रम सुरु हुने अध्यक्ष सापकोटाले जानकारी दिए ।

आठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले युगीनमा नयाँ नेतृत्व निर्वाचित हुने तथा सो अवसरमा आजीवन सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्ने लगायतका कार्यक्रम हुने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology