रेशम अधिकारी, देवदह । युगीन साहित्य समाज देवदहले स्कुल- स्कुलमा युगीन, कलेज कलेजमा युगीन कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा देवदहभित्र रहेका प्रत्येक शैक्षिक संस्थाका साहित्यमा रुचि भएकालाइ लेख्ने र सिक्ने अवसर दिइने बताइएको छ ।
२०६८ सालदेखि सुरु भएको कार्यक्रम विभिन्न कारणले रोकिएको र पुन: साहित्यमा नवपुस्तालाई साहित्यमा जोड्ने र साहित्यक संस्थाको विकासका लागि कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष सुशील सापकोटाले बताए । दीर्घकालसम्म साहित्यलाई देवदह जिवित रहन दिन युगीनको महत्त्वपूर्ण भुमिका हुने र पुस्तान्तरण गर्ने सके मात्र साहित्यिक संस्था जिवित रहने उनको भनाई छ ।
भोलि (मंगलबार) देवदह आदर्श बहुमुखी क्यापसबाट सुरु हुने कार्यक्रम समग्र देवदह नगरपालिकाभरी हुने संस्थाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology