कृष्ण अन्जान, रूरूक्षेत्र । विहानै दहिका ठेका बाेकेर ख्याहाका दहि व्यापारी रिडीबजार झर्थे र यहाँका हाेटल रेष्टुरेन्टहरुमा दहि बेचेर दिउस घर फर्किन्थे ।
धेरै जसाे हाेटल रेष्टुरेन्टमा ख्याली दहिकाे ठेक्का थियाे । एक दुई दिन बिराएर ख्याली दहि रिडी बजारमा झारिन्थ्याे ।
त्यहि दहिमा अालु नुन खुर्सानी हालेर र तेलमा मेथि बेसार हालेर झानेपछि स्वादिष्ट चुकौनि अचार बन्थ्याे । दहिकाे अमिलाे स्वाद सँगै अालु मिसिएकाे चुकौनि अचारले सबैलाई लाेभ्याउँथ्याे ।
रिडीबजारका हुगेली साँइलाकाे पसलमा चुकौनि खाएकाे पाल्पा मैनादिकि राधा नेपाललाई अहिले पनि सम्झना छ ।
लामाे इतिहास बाेकेकाे चुकौनि अचार रिडी झर्ने पुराना पारखिहरुकाे खाेजिकाे विषय वन्छ तर रिडीले नै याे परिकार विर्से जस्तो लाग्छ ।
"रिडी अाउने हरुले चुकौनि अचार नै खाेजे" रिडीबजारमा रेष्टुरेन्ट गर्ने चाम बहादुरले भन्नु भयाे ।
फेरि रिडीबजारमा अाउने हरुले चुकौनि अचार खाेजेपछि रिडी बजारका हाेटल रेष्टुरेन्टहरुले पनि चुकौनी अचारकाे व्राण्ड पारखीहरु माझ राख्दै रिडीकाे पहिचान पनि यहि अचारलाइ वनाउनु पर्ने देखिन्छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology