Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय स्थलमा क्याविनेट बैठक राख्छौं : मुख्यमन्त्री

लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय स्थलमा क्याविनेट बैठक राख्छौं : मुख्यमन्त्री

images
  • लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय स्थलमा क्याविनेट बैठक राख्छौं : मुख्यमन्त्री
    images
    images

    बुटवल  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका प्रमुख पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्न  मन्त्रीपरिषद्का बैठक राख्ने योजना रहेको बताए ।

    images
    images
    images

     सोमवार लुम्बिनी केवलकारको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले मन्त्रीपरिषद् बैठकहरु प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलमा राख्ने गरी सरकारले योजना बनाएको बताए ।  ‘पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर लुम्बिनी केबलकारको बसन्तपुर, पाल्पाको रानीमहल, प्युठानकाे स्वर्गद्वारी लगायतका महत्त्वपूर्ण स्थलहरुमा घुम्तीरुपमा मन्त्रीपरिषद्को बैठकहरु राख्ने योजनामा छौंं’-मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`यस प्रकारकाे बैठकले पर्यटन क्षेत्रमा सबैकाे ध्यान केन्द्रित हुने छ ।´

    images
    images
    images

    प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन,कृषि र उद्योग भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बुद्ध सर्किट र १२ वटै जिल्लालाई समेटेर लुम्बिनी सर्किटका रुपमा विकास गर्ने योजनामा रहेको मुख्यमन्त्री आचार्यले बताए ।  

    images
    images
    images

    निजी लगानीमा बुटवलमा बनेका लुम्बिनी र सिद्धार्थ केबलकारको दीगो सञ्चालनका लागि भारतीय पर्यटक भित्राउन आवश्यक रहेकोमा मुख्यमन्त्री आचार्यले जोड दिए । भारतीय पर्यटक भित्राउन  प्रदेश सरकारले भारतको उत्तर प्रदेश र बिहार प्रदेश सरकारसंग समन्वय गरेर विशेष योजना बनाइरहेको मुख्यमन्त्री आचार्यले जानकारी गराए । प्रदेशको समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रसंग हातेमालो गर्न सरकार सधैं तत्पर रहेको बताए ।
     
    केवलकार अवलोकनसंगै मुख्यमन्त्री आचार्यले बसन्तपुरमा रहेको प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर दर्शन समेत गरे । 
     
    सो अवसरमा केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले सञ्चालनमा आएको १७ महिनामा ३ लाख पर्यटक भित्रिएका जानकारी गराउंदै  भारतीय पर्यटकलाई सहज रुपमा नेपाल आउने वातावरण सरकारले बनाउनुपर्ने माग राखे । भारतीय पर्यटकलाई सम्मानजनक व्यवहार, सडकमा अनावश्यक चेकजांच नगर्न र चाहेजति रकम बोक्न र खर्च गर्न पाउने नीतिगत व्यवस्था गर्न घिमिरेले आग्रह गरे ।

    २०८० जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको  लुम्बिनी केबलकारमा १७ महिनामा आन्तरिक र वाहेय गरी ३ लाख १५ हजार ९१६ जना पर्यटक लुम्बिनी केबलकार चढेर वसन्तपुर पुगेका जानकारी गराए ।

    अस्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।

    विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी सङ्ख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले बताए ।

    केबलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषद्ले वसन्तपुरलाई प्रमुख पर्यटकीय थलोको सूचीमा सूचीकृत गरेको छ । 

    कामख्या देवीको दर्शनले मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण नेपाल र भारतका विभिन्न सहरबाट भक्तजनहरू उल्लेख्य सङ्ख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेलले बताए ।

    वसन्तपुरमा दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा एक सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनोसहित पाँचतारे होटेल बनाउने प्रक्रिया समेत अघि बढेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।