"यी सहृदयी युवा चिकित्सकलाई सलाम! हाम्रो जस्तो अल्पविकसित देशका चिकित्सकले रोग संगसंगै भोकको उपचार पनि गर्नु छ। रोगको चिकित्साशास्त्र संगसंगै भोकको अर्थ-राजनीति पनि बुझ्नु छ। लगे रहो...!"
उल्लेखित भनाइ हो पुर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको । युवा चिकित्सक सुदन अधिकारी जसले एक गरिव बच्चा जसको परिवारसंग औंषधी किन्ने त छोडौं एक छाक खानको लागि पनि ब्यबस्था थिएन, त्यो बच्चालाई निशुल्क उपचार संगै बिरामी र कुरुवालाई खाना समेत खुवाएको सन्दर्भमा चिकित्सकले गरेको ट्विटमा प्रतिक्रिया दिदै डा. भट्टराईले उक्त कुरा बताएका हुन ।
लगातार पाँच ट्विट गर्दै युवा चिकित्सक सुदन अधिकारीले उक्त बिरामी बच्चा र उनको उपचारबारे यसरी लेखेका छन ।
ट्विट १ - "अस्पतालको इमर्जेन्सी कक्ष : ज्यामी काम गर्ने एकल महिला आफू काममा रहँदा खेल्नेक्रममा करेन्ट (Electrical burn) भएको ४ बर्षिय छोरीलाई लिएर आएकी छन्! Dressing गर्न आवश्यक औसधिहरु लेखेर एउटा कागज हातमा थमाइएको छ! केही समयपछी औसधि आयोहोला भनेर ड्रेसिङ गर्न आएका फर्कियौ!
"एकैछिनमा +"
ट्विट २ - "ल्याउँछु" भनिन् !
अलिक पछि फर्किएर एक्लै आइ औसधि नल्याएको कारण साेध्दा आफुसङ एक पैसापनी नभएको र साहुसंग पैसा मागिरहेको बताएर रुन पो थालिन् !
फसाद्!"
ट्विट ३- "बच्चामा अनि जटिल प्रकृतिको बर्न भएकाले उनलाइ कान्तीबाल जान राम्रो हुने सल्लाह दिइसकेकाले ड्रेसिङ गरेर सुरक्षित पठाउनु थियो!"
ट्विट -४- "संगै, ४-५दिनदेखि एउटा बर्नको नियमित ड्रेसिङ गरिरहेको म अनि एक साथी उसको क्याबिनमा गयौं! बिहानबेलुकै गर्नुपर्ने भएकाले बच्चालाई चाहिने सामान उनिसङ हुन्थो । उसकोबाट केही सामान!
अनि, अन्यत्रबाट केहि सामान `उठाएर´ बच्चाको ड्रेसिङ गरियो ! एकैछिनपछी अाउँदा पल्लो बेडको बिरामीले दिएको दालभात आमाले आफ्नी नानीलाई खुवाइरहेकी रहेछिन्!"
ट्विट ५ - "जोसंग नसोधी सामान `उठाइयो´,आज नभनेपनी उनी डिस्चार्ज हुनुपहिले म यो कहानी बताएर धन्यवाद दिनेछु!
अहिलेचाहिँ काठमाडौ जान लागेकी नानीको गज्जब होस् !🙏 #अस्पताल #काम_कि_सेवा #गरिबी"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology