Logo

२०८३, आश्विन ९गते


images
images

पाठक पत्र

बोल्ने मात्र माखो नमार्ने ती ओली, बोल्दा पनि नबोल्ने झिंगा पनि नमार्ने यी देउवा

बोल्ने मात्र माखो नमार्ने ती ओली, बोल्दा पनि नबोल्ने झिंगा पनि नमार्ने यी देउवा

images
  • सेतोमसी सहकर्मी
  • बोल्ने मात्र माखो नमार्ने ती ओली, बोल्दा पनि नबोल्ने झिंगा पनि नमार्ने यी देउवा
    images
    images

    सरकार बनेको ५० दिन पुग्न लागेको छ । मन्त्री परिषदले पुर्णता पाएको छैन। गठबन्धनका दल छलफल गरिरहेका छ्न र अब चाहिँ पुर्णता दिन्छु भन्न थालेका छन। उनिहरुले यो सरकारलाइ पुर्णता दिदा नदिदै प्रश्न उठ्न थालेको छ - गठबन्धनको आयु कति लामो हुनेछ ? यो गठबन्धनले कस्तो काम गर्ने छ ? 

    images
    images
    images

    सरकार गठनमा भएको ढिलाइ हेर्दा गठबन्धनका दलहरु पनि आराममा र प्रधानमन्त्री स्वयम् पनि बडा आरामको अवस्थामा भएको टिप्पणीहरु भइरहेका छन । तर यो अवस्थालाई चिर्ने कसरी ? उनिहरु अहिले जसरी सुस्त गतिमा  छलफल गरिरहेका छ्न, यहि गतिमा जाने हो भने अघिल्लो सरकार र यो सरकारको बीचमा भिन्नता के ? अनि नेकपा एमाले बिभाजित भएर बनेका दुई दल बिच देखिने आरोप प्रत्यारोपण, वादविवाद, तिक्तता र आक्षेपहरुलाइ हेर्ने हो भने  नेपालको राजनितीक अवस्था  सङ्ग्लिने जस्तो देखिएको छैन ।

    images
    images
    images


    यसको कारणले संक्रमण निम्त्याउने र फेरि पनि उहि खालको बिग्रहमा लैजाने  हो कि भन्ने संकेतहरु देखा परेका छन । दल बिभाजन उसै पनि राम्रो हैन, स्वस्थकर हैन । लोकतन्त्रको लागि यो निकै अरूचिकर विषय हो । तर वातावरण यस्तो बन्दै छ कि ठुला स्थापित दलहरु बिभाजनमा गइरहेका छ्न, नया दलहरु गठन भइरहेका छन र नेपालमा फेरि दलहरुको बाढि आएको छ। 

    images
    images
    images


    तर भएकै दलहरु पनि बिभाजनको यो बाटोमा हिँडिरहदा खेरी नेपालका राजनीतिक पार्टीहरुले यतिबेला सम्म के सिके ?  ७ दशक लामो नेपालको राजनीतिक आन्दोलन छ र दलहरुको लामो अभ्यास छ । यसबाट उनिहरु कति परिपक्व भए र अहिले पनि परिपक्व न भए कहिले हुने त ? भन्ने धेरै प्रश्नहरु  तेर्सिएका छन ।  गठबन्धन बनिरहेको छ तर काम गरेको छैन, दलहरू बिभाजित भएका छ्न र लोकतान्त्र संकटमा पर्ने हो कि भन्ने संकेतहरु देखिएका छ्न।


    राजनीतिक दलहरुले यो महत्त्वपूर्ण समयलाइ सदुपयोग गर्दै जनताको पक्षमा काम गर्ने छन र छोटो समयमा भएपनी सरकारको अस्तित्व रहेको संकेत दिनेछ्न भन्ने आश गरिएको थियो । तर त्यस्तो भइरहेको छैन  । अघिल्लो सरकार र यो सरकारमा भिन्नता यति मात्रै छ कि, अघिल्लो सरकार बोलेर थाकेको थिएन र यो सरकार नबोली नबोली मत्रै बसिरहेको छ । काम उसले पनि गरेको थिएन, काम यस्ले पनि गरिरहेको छैन । 

    लेखक : धिरज जीसी, देवदह

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।