कृष्ण अन्जान, रुरु । कृष्ण जन्माष्टमिलाई सानाे तिजकाे रुपमा मनाइने रुरुक्षेत्रमा याे वर्ष पनि सानाे तिजमा तिजका डाँडा हरु शून्य रहे ।
अघिल्लाे दिन न कसैका घरमा खाजा पाके न सानाे तिजमा छाेरीहरु दर खान माईत अाए । रुरुक्षेत्र १ र ३ काे सँगम स्यालपाेखरी फेरी याे वर्ष शून्य रह्याे न कसैले मादल डम्फू ठाेके न कसैले तिजका भाकामा मनका पीडा पाेखे ।
काेभिड सँक्रमणका कारणले पाेहाेर देखि स्यालपाेखरि शून्य छ मान्छे जम्मा हुननै डराउँछन र जम्मा हुने अवस्था पनि छैन महिला स्वास्थ स्ययँसेविका समेत रहेकी रुरु गाउँ पालिका वडा न ३ कि गिता ज्ञवालीले भन्नु भयाे ।
सानाे तिजमा याे क्षेत्रका धेरै अामा हरुले छाेरीलाई याे वर्ष यस्तै भयाे नमरे बाँचे अर्काे वर्ष तिज मनाम्ला भनेर खवर पठाए । माईति अाउन नपाएका चेलीहरुले अामा लाई अाउन नपाए पनि झल्झल्ती गाउँ र तिजकाे डाँडाे सम्झेकाे बताई रहँदा गाउँमा अामा हरु घरकाे कुनामा बसेर सुँक्सुक्याए ।
वास्तवमै तिज चेली र माईतिकाे मिलन हुने शुखदुखका कुरालाई गितकाे माध्यम बाट कहने नेपाली चेलीकाे पर्व हाे तर यतिबेला मात्र सम्झनामा सिमित बनेका छ याे पर्व ।
बरै सबै हरायाे झमझम तिजका गितले याे ठाउँ कति रमाईलाे हुन्थ्यो नाचेत गाएर छाेरी बेटिले दुम्काे उठाउँथे अब त सबैकुरा सम्झना मात्र भयाे बाबै शून्य तिजकाे डाँडाे स्यालपाेखरीमा बसेर रुरु ३ कि अामा हिमकला ज्ञवालीले विगत सम्झनु भयाे ।
हुनपनि परम्परा सँस्कृति सबै अाेझेलमा पर्दैछ ।मानिसलाई समयकाे अभाव कामकाे व्यस्तता र नया प्रविधिकाे रुपमा अाएकाे नेट इन्टरनेटकाे प्रयाेगले सबै कुरा विर्साई दिएकाे छ ।
गाउँ त लगभग शून्य छन बा अामा हरुले मात्र घर कुर्छन ।छाेराछाेरी नाति नातिना सबै सुविधाको खाेजिमा गाउँ छाडे । बुढा बा अामा चाडपर्व हरुमा छाेरा छाेरी घरमा जम्मा भैदिए हुन्थ्याे भन्ने हुन्छ तर छाेराछाेरीले बा अामाकाे भावना बुझ्दैनन ।
पाेहाेर काेभिडका कारण सानाे र ठुलाे तिज निरश बन्याे याे वर्ष पनि काेभिड नै कारण बनेकाे छ र सानाे तिजमा तिजका डाँडाकाे सुन्यताले तिज फेरी निरश बन्ने छ ।न काेहि दिदी बहिनी अाउने छन माईत न दाजुभाई दिदी बहिनी लिन जानेछन ।
बुढीअामा पारी हेरेर टाेलाउँने छन र फाेनमा भन्नेछन - फाेटाे पठाउ मेरी छाेरी माेवाईलमा खिचेर
हेरम्ला नि मेरी छाेरी मुटु मिचेर ।।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology