Logo

२०८३, कार्तिक २५गते


images
images

पोखराको द स्केट पार्कमा आगलागी,

पोखराको द स्केट पार्कमा आगलागी,

images
  • पोखराको द स्केट पार्कमा आगलागी,
    images

    राजेश पराजुली, पोखरा । पोखराको बुद्धचोकस्थित द स्केट पार्क प्रालिमा आगलागी भएको छ । सोमबार राति आगलागी भएका कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

    images
    images
    images

    द स्केट पार्क पोखरा ५ जिरोकिमीका कृष्ण ढकाल र चाउथेका अनिल ढकालले सञ्चालन गर्दै आएका थिए । ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द स्केट पार्कमा विद्युत लाईन सर्ट भई आगोलागी भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    आगलागीबाट द स्केट पार्क पूर्णरुपमा जलेको छ । आगो वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोली, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

    images
    images

    आगलागीबाट स्केट जुत्ता करिब ६५० थान, कम्प्युटर ३ थान, ४३ ईन्चको टिभी, जेनेरेटर, ईनभटर ब्याट्री, सिसिक्यामेरा मनिटरसहित ८ थान र केही स्केट जुत्ताका पार्टस जलेर नष्ट भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • # द स्केट पार्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।