Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना संकट

कोरोना संक्रमणबाट बुटवल र वीरगञ्जमा दुईको मृत्यु

कोरोना संक्रमणबाट बुटवल र वीरगञ्जमा दुईको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • कोरोना संक्रमणबाट बुटवल र वीरगञ्जमा दुईको मृत्यु
    images
    images

    बुटवल । कोरोना संक्रमणबाट बुटवल र वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक पुरुषको हिजो मृत्यु भएको हो ।मृत्यु हुनेमा पर्वतको पैयुँ–५ का ३८ वर्षीय पुरुष भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनी हालै मात्र भारतबाट घर फर्केका थिए । १० दिनदेखि उच्च ज्वरोबाट पीडित उनमा ५ दिनअघिको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    images
    images
    images

    चैत २९ गते अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ सवा ६ बजे मृत्यु भएको अस्पताले जनाएको छ ।

    images
    images
    images

    यस्तै, वीरगञ्जमा पनि अर्को एक जना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–२ की ४२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

    बिहीबार बिहान सवा आठ बजे आइसोलेसन वार्डको आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।