Logo

२०८३, आश्विन ९गते


images
images

विश्व आत्महत्या रोकथाम दिवसमा रोटरी क्लबको जनचेतना र्‍याली

विश्व आत्महत्या रोकथाम दिवसमा रोटरी क्लबको जनचेतना र्‍याली

images
  • विश्व आत्महत्या रोकथाम दिवसमा रोटरी क्लबको जनचेतना र्‍याली
    images
    images

    देवदह ।  विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रोटरी क्लबले जनचेतना र्‍याली निकालेको छ । मंगलबार बुटवलमा आयोजित र्यालीमा रोटरी क्लबका वर्ष २०२३/०२४ का डिस्ट्रिक गभर्नर राजेन्द्र प्रसाद धोजुसहित स्थानीयको सहभागीता थियो । 

    images
    images
    images

    बुटवलको चौराहादेखि ट्राफिक चोकसम्म पैदलयात्रासहित आयोजना गरिएको र्यालीमा सहभागीहरूले आत्महत्या रोकथामका लागि सन्देशहरू प्रवाह गर्दै ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

    images
    images
    images

    र्‍यालीपछि डा. बिक्रम काफ्लेले आत्महत्या रोकथामका रणनीतिहरू र मानसिक स्वास्थ्यको महत्त्वबारे विचार व्यक्त गरे । साथै पुर्व डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजुले यस किसिमका कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    रोटरी डिस्ट्रिक ३२९२ नेपाल - भूटान रिजन-५ का क्लबहरूको सहकार्यमा जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ देवदहका अध्यक्ष विष्णु पाठकले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।