Logo

२०८३, आश्विन ९गते


images
images

विश्व आत्महत्या रोकथाम दिवस विशेष

आत्महत्या बारेको कथन बदलौं : संवाद सुरु गरौं

आत्महत्या बारेको कथन बदलौं : संवाद सुरु गरौं

images
  • आत्महत्या बारेको कथन बदलौं : संवाद सुरु गरौं
    images
    images

    आत्म र हत्या शब्द मिलेर आत्महत्या शब्द निर्माण भएको हो । यसको अर्थ आफुले आफैलाई हत्या गर्नु वा आफु आफै समाप्त हुनु हो । हुन त आत्महत्या पहिला पनि हुँदो हो, तर सामाजिक सञ्जाल र सञ्चार माध्ययमका कारणले होला आजभोलि आत्महत्याका खबर छिट्टै बाहिर आउँछन् । कतै हत्यालाई आत्महत्या घोषणा गरिन्छ, कतै आत्महत्या गर्न वाध्य पार्ने वातावरण तयार गरिन्छ । अनि कतै हत्या नै गरेर पनि आत्महत्या हो भन्नेतर्फ कुरा र प्रमाणहरु लगिन्छ । जे होस्, आत्महत्या अहिले जटिल समस्या बनिरहेको छ । एकातर्फ आफ्नो आत्मसम्मान र पहिचानका खातिर मानिस अनेक दुःख संघर्ष गरिरहेको छ भने अर्कोतर्फ आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या वढीरहेको छ । आत्महत्याको विषयमा फैलिइरहेको परम्परागत सोंचमा परिवर्तन ल्याउने र समयमै संवाद थाल्न सक्ने हो भनेमात्र आत्महत्याको बढ्दो दर घटाउन सकिन्छ ।

    images
    images
    images

    हाम्रो समाजमा अझैपनि आत्महत्या गर्ने मानिसलाई स्वार्थी, हुती नभएको, गल्ती गरेकाले मुख देखाउन गाह्रो भएको, केटा वा केटी साथीको आशक्ति, परपुरुष तथा परस्त्रीसँगको सम्बन्ध, परिवार चलाउन नसक्ने, अधिक ऋणजस्ता अनेक लाञ्छना लगाइन्छ । जीउँदो रहुञ्जेल उसका पिडा नसुन्ने र तर्कन खोज्नेहरु उसको आत्महत्या वा हत्याको घटना भएमा अनेक तर्क वितर्क गर्छन् । उजुरबाजुर हुन्छ । छानविन समिति बन्छ र अनुसन्धान हुन्छ । क्षतिपुर्तीका लागि मोलमोलाइ हुन्छ । सडक तताउँछन् अनि हत्या वा आत्महत्याको कारण खोतल्छन् । स्वर्गीय व्यक्तिको फोटो हेरेर रुन्छन् । सामाजिक सञ्जालमा पोष्ट्याउँछन् । पोष्टमार्टम, अनुसन्धान तथा घाट-मलाम जाँदा र काजकिरियामा समेत मानिसहरु चाहिँदा नचाहिँदा तर्क वितर्क गर्छन् र आत्महत्या गरेका मानिसहरुलाई पटक पटक मारिरहेका हुन्छन् । 

    images
    images
    images

    यस्तो प्रवृत्ति देख्दा र सुन्दा लाग्छ आजका मानिसमा मानवीय संवेदना भन्ने चिज हराइरहेको छ । पारिवारिक बेमेल, समझदारीको अभाव, विभिन्न प्रकृतिका विभेद, अपमान, भेदभाव, हिंसा,यातना आदिका कारण मनमा परेको चोट बढ्दै गएपछि मानिस आत्महत्याको अवस्थामा पुग्छ । जीवन संघर्षपूर्ण हुन्छ तर मानिसहरु आफुमा आइपरेका समस्याबारे चिन्तन भन्दा चिन्ता गर्ने गर्दछन् । यसले व्यक्तिमा उदाशिनता बढ्दछ । नकारात्मकपन बढ्छ र बाँचेर अनेक सहनभन्दा मरे हाइसुख्ख भन्ने ठान्छन् । 

    images
    images
    images

    पारिवारिक, आर्थिक, सामाजिक, राजनीतिक अनेक पृष्ठभूमिबाट आत्महत्याको विचार जन्मिन्छ । एक तथ्याङ्क अनुसार विश्वमा प्रत्येक ४० सेकेण्डमा ९ जनाले आत्महत्या गर्छन् । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी छ । नेपालमा झुण्डिने, विष सेवन गर्ने, हाम फाल्ने, आफैले आफुमा आगो लगाउने जस्ता उपाए गरेर आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ । मानसिक आवेग र उदासिपन यसको मुख्य कारण हो । आत्महत्याको कलङ्कबाट छुटकारा पाउन र आत्महत्या न्यूनिकरण गर्न गतिलो औषधी भनेको पिडामा रहेका व्यक्तिसँगको संवाद नै हो । यसले उसको पिडालाई मानवताको नजरले हेर्न र सहानुभुति प्रदान गर्न सहयोग पु¥याउँछ ।

    आत्महत्या व्यक्तिको कमजोरी होइन यो त मानसिक स्वास्थ्यको समस्या हो भन्ने बुझ्नु आवश्यक छ । पिडितलाई दोष दिएर उम्कने होइन, आत्महत्याको जोखिममा रहेका व्यक्तिसँग संवाद गरी उनीहरुको समस्यामा समर्थन गर्दै सहयोग गर्न आवश्यक छ । समानुभूति र शक्ति प्रदान गर्नेगरी कुरा गर्नु जरुरी छ । आत्महत्याबारेको धारणा परिवर्तन गरी यसको न्यूनिकरणका लागि व्यक्तिमा परेको समस्या र संकटको विषयमा बिना कुनै डर अनुभव बाड्नसक्ने वातावरण र संयन्त्र तयार गर्नु आवश्यक छ । यसका लागि विद्यालय, स्थानीय पालिका तथा मानसिक स्वास्थ्यमा कामगर्ने संघसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ । व्यक्तिगत, पारिवारिक तथा सामाजिक दबाब भित्र आत्महत्या गर्ने सोँच लुकेर रहने भएकाले व्यक्ति परिवार, नजिकका साथी र समाजले यसमा ध्यान केन्द्रीत गरी संवाद थाल्न ढिला भैसकेको छ ।

    नोट : पाठक मन्च, घुम्ने किताब, नेपाल मनोचिकित्सक संघ र नेपाल सामाजिक मानसिक स्वास्थ्य संघद्वारा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बुटवलमा आयोजित निबन्ध प्रतियोगितामा द्वितीय भएको देवदह माध्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थी दिपेश गिरीको निबन्ध आयोजकसंगको समन्वयमा  प्रकाशन गरिएको - सम्पादक  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।