Logo

२०८३, आश्विन १०गते


images
images

गोरखामा स्क्रब टाईफसबाट १६ दिनमा ४९ जना सङक्रमित

गोरखामा स्क्रब टाईफसबाट १६ दिनमा ४९ जना सङक्रमित

images
  • गोरखामा स्क्रब टाईफसबाट १६ दिनमा ४९ जना सङक्रमित
    images
    images

    राजेश पराजुली, पोखरा । स्क्रब टाईफसबाट गोरखा जिल्लाभर १६ दिनमा ४९ जना सङक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो आर्थिक वर्ष यता ४९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी भईसकेको छ । सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा १९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी भएको कार्यालयको तथ्याङकमा उल्लेख छ ।

    images
    images
    images

    १६ दिन यता गोरखा र पालुङटार नगरपालिकको १४–१४ जनामा स्क्रब टाईफस पुष्टी भएको छ । यसैगरी भिमसेनथापा गाउँपालिकाको २ जनामा पनि संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ । गत आव जिल्लाभर १६३ जनामा स्क्रब टाईफसको संक्रमण देखिएको थियो । गतवर्ष सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा ८५ जनामा यो संक्रमण पुष्टी भएको थियो ।

    images
    images
    images

    यस्तै, गोरखा नगरपालिकाको ६२, भिमसेनथापा गाउँपालिकाको ११ र पालुङटार नगरपालिकाको १ जनामा संक्रमण पुष्टी भएको थियो । स्क्रब टाईफस किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्ने चिकित्सकहरु बताउँछन् । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्क्रब टाईफस
  • # गोरखा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।