Logo

२०८३, आश्विन १०गते


images
images

स्याङ्जाको एक विद्यालयका विद्यार्थीमा स्क्रब टाईफस देखियो, विद्यालय बन्द

स्याङ्जाको एक विद्यालयका विद्यार्थीमा स्क्रब टाईफस देखियो, विद्यालय बन्द

images
  • सेतोमसी सहकर्मी
  • स्याङ्जाको एक विद्यालयका विद्यार्थीमा स्क्रब टाईफस देखियो, विद्यालय बन्द
    images
    images

    प्रकाश डोटेल, स्याङ्जा । स्याङ्जाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीमा एक्कासी स्क्रब टाईफस रोग देखिएपछि विद्यालय बन्द गरिएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं. ६ दरौंस्थित दरौं माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उक्त रोग देखिएपछि विद्यालय बन्द गरिएको हो ।

    images
    images
    images

    विद्यालयमा पठनपाठन भईरहेको समयमा विद्यार्थीमा एक्कासी उच्च ज्वरो आउने, सास र्फेर्न गाहे हुने, टाउको दुख्ने र वान्ता हुने लक्षण देखिएपछि बिहीबारदेखि विद्यालय बन्द गरिएको छ । उक्त लक्षण देखिएका विद्यार्थीलाई उपचारार्थ जिल्ला अस्पताल स्याङ्जामा भर्ना गरेपछि स्क्रब टाईफस भएको पुष्टि भएको हो ।

    images
    images
    images

    अस्पतालमा भर्ना भएका करिब ४० विद्यार्थी मध्ये अधिकांशमा स्क्रब टाईफस देखिएको छ । केहि विद्यार्थीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ भने अधिकांश विद्यार्थीको जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला अस्पताल स्याङ्जाले जनाएको छ ।

    images
    images
    images

    स्क्रब टाईफसबाट बढिमात्रामा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु बिरामी भएको विद्यालयका शिक्षक दुर्गाबहादुर रोकाहाले जानकारी दिए । उपचारार्थ अस्पताल भर्ना भएका विद्यार्थीको उपचार र विद्यालयको पूर्ण सरसफाई भएपछि मात्रै विद्यालय संचालनमा आउने शिक्षक रोकाहाले बताए ।

    रोग नियन्त्रणका लागि जिल्ला अस्पताल स्याङ्जाले विशेष स्वास्थ्यकर्मीको एक टोली घटनास्थल पठाएको छ । रोग नियन्त्रण गर्न स्थानीय स्वास्थ्य चौकी र अस्पतालबाट खटिएको टोलीले विद्यालय र अभिभावक बस्ने दरौ गाउँमा स्वास्थ्य परिक्षण अभियान संचालन गरिने अस्पताल प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. रुकमिना अधिकारीले जानकारी दिईन् ।

    मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्छ । माइट प्रायः जसो झाँडी, खेतबारी, वनजगंल, घर वरपरको झाँडी तथा फोहोर हुने ठाँउमा देखिने सवास्थ्यकर्मी बताउँछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्क्रब टाईफस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।