Logo

२०८३, आश्विन १०गते


images
images

गोरखामा अपाङ्गता भएकालाई घरमै परिचपत्र

गोरखामा अपाङ्गता भएकालाई घरमै परिचपत्र

images
  • गोरखामा अपाङ्गता भएकालाई घरमै परिचपत्र
    images
    images

    गोरखा । सहिद लखन गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण तथा नवीकरण गरेको छ।

    images
    images
    images

    गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका सहजताका लागि चिकित्सकसहित कर्मचारी र जनप्रतिनिधि परिचालन गरी अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन्।

    images
    images
    images

    तिवारीले भनिन्, “अपाङ्गता भएका कोही पनि व्यक्ति परिचत्रपत्र बनाउन नसकेर राज्यले प्रदान गर्दै आएको सेवासुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य गाउँपालिकाको हो, पालिकाले चिकित्सक र आवश्यक जनशक्ति परिचालन गरेर अपाङ्गता भएका व्यक्तिका घरघरमा पुगेर सबै प्रक्रिया पूरा गरी परिचयपत्र वितरण गरेको हो।”

    images
    images
    images

    परिचयपत्र वितरणका लागि गोरखा अस्पतालका ‘मेडिकल अफिसर’ सन्तोष सिटौलासहित गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठलगायत टोली अपाङ्गता भएका व्यक्तिको घरघरमा पुगेका थिए।

    “अपाङ्गता परिचयपत्र दिन ‘मेडिकल रिपोर्ट’ अनिवार्य हुन्छ, त्यसका लागि चिकित्सकसमेत घरमै पठाइएको हो”, उपाध्यक्ष तिवारीले भनिन्।

    पालिकाभित्रका दुई सय ३३ जना अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गरिएको उनको भनाइ छ। जसमा परिचयपत्र नभएका थप नौ जनालाई नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएको छभने दुई सय २४ जनाको अपाङ्गता परिचयपत्र नवीकरण गरिएको गाउँपालिकाले जनाएको छ।

    नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएकामा वडा नम्बर २, ४, ५, ६, ८ र ९ का रहेको उनको भनाइ छ। पालिकाले यही भदौ २० देखि २४ गतेसम्म घर तथा टोलटोलमा पुगेर परिचयपत्र वितरण तथा नवीकरणको काम सम्पन्न गरेको हो। घरमै परिचयपत्र नवीकरण तथा नयाँ परिचयपत्र प्राप्त गरेपछि लाभग्राही दङ्ग छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।