Logo

२०८३, आश्विन १०गते


images
images

प्रकोप

गोरखाको चुमनुब्रीमा ठुलो पहिरो, सतर्कता अपनाउन आग्रह

गोरखाको चुमनुब्रीमा ठुलो पहिरो, सतर्कता अपनाउन आग्रह

images
  • गोरखाको चुमनुब्रीमा ठुलो पहिरो, सतर्कता अपनाउन आग्रह
    images
    images

    गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित चौँरीखर्कपारि ठूलो पहिरो खसेपछि केही समय बूढीगण्डकीको सहयक नदी स्यारखोला थुनिएको छ ।

    images
    images
    images

    सोमबार बिहान करिब १० बजे पहिरो खसेपछि पहिरो स्यार खोलाको छेउसम्म आइपुगेको स्थानीयले जानकारी दिएका छन् ।

    images
    images
    images

    पहिरो ठूलो भए पनि अहिले नदीमा ताल बनेको अवस्था नरहेको र नदी ठाडो भएकाले पानी साविककै रूपमा बगिरहेको स्थानीयले बताएका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय गोरखाले बूढीगण्डकी नदी साविककै गतिमा बगिरहेको जानकारी दिएको छ ।

    पहिरोका कारण जोखिम हुन सक्ने भन्दै धादिङ–गोरखा हुँदै बग्ने बूढीगण्डकी नदी आसपासका बासिन्दालाई नदी किनारमा नजान र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोरखा
  • # चुमनुब्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।