Logo

२०८३, कार्तिक २५गते


images
images

पोखराको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी, डेढ करोडको क्षति

पोखराको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी, डेढ करोडको क्षति

images
  • पोखराको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी, डेढ करोडको क्षति
    images

    राजेश पराजुली,पोखरा । पोखराको लेकसाइड स्थित नारेश्वर चोकमा रहेको एक सपिङ सेन्टरमा आगलागी भएको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको हो ।

    images
    images
    images

    आगलागीबाट डेढ करोड भन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यालयले जानकारी दिएको हो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोस निरौलाका अनुसार विहान २ः १५ बजे भएको आगलागी ३ : १५ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दमकलको सहयोगमा नियन्त्रणमा लिएका हुन् ।

    images
    images
    images

    आगलागीमा परेर सपिङ सेन्टरमा रहेको वाइन सप, ग्रोसरी सप र कस्मेटिक सपमा पूर्णरुपमा क्षति भएको छ । विद्युत सट भएर अगालागी भएको हुनसक्ने अनुमान गरिएको भएपनि विस्तृत अनुसन्धान हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक निरौलाले बताए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।