Logo

२०८३, श्रावण २७गते


images
images

अक्सिजन आपुर्ति र विकास निर्माणमा जुट्दै   एमाले रुरुक्षेत्रकाे युवा टिम 

अक्सिजन आपुर्ति र विकास निर्माणमा जुट्दै   एमाले रुरुक्षेत्रकाे युवा टिम 

images
  • सेतोमसी सहकर्मी
  • अक्सिजन आपुर्ति र विकास निर्माणमा जुट्दै   एमाले रुरुक्षेत्रकाे युवा टिम 
    images
    images

    कृष्ण अन्जान, रुरु । काेभिड सँक्रमण पछि देखिएकाे अक्सिजन अभावलाई राेक्न नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा न १ काे अभियान निरन्तर जारी छ । 

    images
    images
    images

    मुख्यतया रुरुक्षेत्र गाउँपालिकाले रुरु प्राथमिक स्वास्थ केन्द्रकाे मातहतमा रहने गरि सन्चालन गरिएकाे अाइसाेलेसन केन्द्रका लागि रुरुक्षेत्रका एमाले इन्चार्ज समेत रहेका युवा नेता हिमाल श्रेष्ठको  अगुवाईमा अक्सिजन कम हुन नदिने अभियान अन्तरगत रुरु स्वास्थ केन्द्रमा अक्सिजन सिलिन्डरहरु भरिदिने र हस्तान्तरणकाे अभियान निरन्तर जारी रहेकाे अभियानका सदस्य  समेत रहेका रुरुक्षेत्र गाउँ पालिका १ एमाले पार्टी सचिव चिरन्जिवि ज्ञवालीले बताए। 

    images
    images
    images

    "हामिले प्रतिबद्धता गरेका छौँ अक्सिजन अभावका कारण कसैलाई मर्न दिने छैनौँ । साेहि अनुसार हाम्रो अभियान जारी छ" एमाले रुरुक्षेत्रका ईन्चार्ज हिमाल श्रेष्ठले भने । 

    images
    images
    images

    "हाम्रा शुभचिन्तक सँगै सहयाेगिहरुका सहयाेगि हातहरुले अक्सिजन आपुर्ति अभियानमा साथ दिइरहनु भएकाे छ । पछिल्लो चरणमा पनि हामिले  दशवटा ठुला अक्सिजन सिलिन्डर भरेर ल्याएका छौँ" नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा न १ का अध्यक्ष नवराज विक बताउँछन । 

    "रुरु प्राथमिक स्वास्थ केन्द्र अत्यधिक बिरामीकाे चाप हुने ठाउँ भएकाले पनि र काेभिडका बिरामी र अन्य बिरामीका लागि पनि अक्सिजन आवस्यक छ आईसाेलेसन समेत सन्चालनमा रहेकाले पनि अक्सिजन अापुर्तिमा सहजता बढाउने काम अक्सिजन अापुर्ति टिमले गरेकाे छ , जुन सह्राहनिय छ" रुरु प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डाक्टर विकास पन्थीले धारणा व्यक्त गरे । received_1277282172688656.jpeg

    अक्सिजन अापुर्तिका अतिरिक्त विकास निर्माणका कामहरुमा पनि याे टिमले उत्तिकै ध्यान केन्द्रित गरेकाे छ । पछिल्लो पटक रुरु प्राथमिक स्वास्थ केन्द्र बाहिर पालाे कुर्ने बिरामीहरुका लागि ट्रस्ट निर्माण सँगै पँखा समेत जडान र रँग राेगनकाे काम पनि सकिएकाे र बिरामी र बिरामीका कुरुवाहरुका लागि पालाे पर्खिन सहज भएकाे छ । 

    सँगै रातकाे समयमा रुरुघाटमा मलामीहरुका लागि बत्ति बिजुलीकाे अभाव हुन नदिन रुरुक्षेत्र गाउँपालिकाकाे पहलमा बत्ति समेत जडान गर्ने काम याे अक्सिजन आपुर्ति टिमले गरेपछि रातिका समयमा घाटक्षेत्रमा विजुली झलमल भएका छन् जसले मलामीहरुलाई दाहसंस्कारमा सहज भएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।