Logo

२०८३, आश्विन १०गते


images
images

नौ वर्ष देखि खसि बाेकाकाे भाउ फेरिएन

नौ वर्ष देखि खसि बाेकाकाे भाउ फेरिएन

images
  • सेतोमसी सहकर्मी
  • नौ वर्ष देखि खसि बाेकाकाे भाउ फेरिएन
    images
    images


    कृष्ण अन्जान गुल्मी ,
    महङ्गिले  एक किलाे मासु खान पनि गाउँ घरमा धौधौ छ । गाउँमा खसि र बाेकाकाे मासु किलाेकाे सात सय पर्छ र बजारमा एक हजार तर गज्जबकाे कुरा कालिगण्डकी गाउँपालिका १ कारिकाेटका बासिन्दाहरुले नौ वर्ष देखि किलाेकाे ३ सयमा मात्र ढक्ढक्याएर बाेका र खसिकाे मासु खाँदै आएका छन ।
      कारिकाेटकाे हटिया र ढकालचाेक मा दुईवटा पाठेभाइ समिती बनाइएकाे छ र यहि समितिले मासिक रुपमा खसि बाेका काट्ने र पाठे भाइलाइ किलाेकाे तिनसयका दरले घरघरमा मासु पुर्‍याउने गरिएकाे ढकाल चाेकका समाजसेवी शुकदेव ढकालले बताउनु भयाे ।

    images
    images
    images

      ढकाल चाेककाे पाठेभाइमा १७ जना र हटियाकाे पाठेभाइमा २२ जना छन ।
     यसरी बनाइएका समितिहरुमा समितिका हरेक सदस्यले पालै सँग महिना मा खसि या बाेका काट्नु पर्छ यसरी काटिएका खसि र बाेकाकाे मासु मध्ये समितिका हरेक ले एक एक किलाे मात्र ३ सयमा पाउँछन् तर यहि मासु अरुले किन्नु परे सात सय पर्छ ।

    images
    images
    images

     समिति बनाइएपछि आफ्नाे पालाेमा समिति लाई मासु खुवाउन अनिवार्य छ र यसका लागि समितिका सदस्यहरुले घरमा बाेका या खसी पाल्नै पर्ने बाध्यता छ यदि घरमा नपालेकाे भए किनेर पनि समितिका सदस्यलाइ पालाे आउँदा किलाेकाे तिनसयमा मासु खुवाउनै पर्छ त्यसैले पनि बाेका या खसि पाल्ने काम यहाँका बासिन्दाले गरेकाे स्थानीय कारिकाेटकि निर्मला पाण्डेले बताईन  ।
     दशैँ तिहार र अन्य चाड पर्वमा भने समितिका सदस्यलाइ दुई किलाेका दरले पनि उहीँ तिनसयमा मासु उपलब्ध गराइएकाे कारिकाेटका शुकदेव ढकालले बताउनु हुन्छ ।

    images
    images
    images

    अर्काे गज्जबकाे कुरा सबै समितिका सदस्य काे पालाे सकिएपछि फेरी बैठक बस्छ र अर्काे पालाेका लागि चिठ्ठा थुतिन्छ र जुन नम्बर पर्छ त्यहि नम्बर अनुसार समितिका सदस्यले मासु काटेर सदस्य लाई बितरणकाे व्यवस्था मिलाइएकाे हुन्छ ।

     याे तरिकाले एकातिर मासु महिनै पिच्छे खान पाइने र गरिब धनि सबै समितिमा बसेपछि सस्तोमा मासु खान पाइने र समितिका व्यक्तिकाे आर्थिक सबलिकरण र पशुपालन तर्फ आकर्षित समेत हुने गरेकाे पाईएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।