पोखरा । तनहुँमा कल्भर्ट बगाउँदा पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध भएको छ । बिहानदेखि परेको अविरल वर्षाका कारण तनहुँ म्याग्दे ६ र शुक्लागण्डकी ७ सेरास्थित फेदीखोलामा रहेको कल्भर्ट बगाएको हो ।
कल्भर्ट तत्काल बन्ने अवस्था नभएकोले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सूचना जारी गरेको छ । `पृथ्वी राजमार्ग पूर्णरुपमा अवरोध भएकोले सो राजमार्ग भई आवतजावत गर्ने सवारी साधनहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध गरिन्छ,´ तनहुँ प्रशासनले भनेको छ ।
सडक सञ्चालनका लागि प्रयास गरिरहेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology