Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा कोरोना संक्रमित दर बढ्दो लकडाउन खुकुलो

गुल्मीमा कोरोना संक्रमित दर बढ्दो लकडाउन खुकुलो

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीमा कोरोना संक्रमित दर बढ्दो लकडाउन खुकुलो
    images
    images

     

    images
    images
    images

    गुल्मी, ३२ साउन । गुल्मीमा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । अघिल्लो हप्ता जारी गरिएको लकडाउन तथा निषेधाज्ञा थप खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

    images
    images
    images

    कोरोना संक्रमणको दर नघटेपनी लकडाउन भने खुकुलो बनाइएको छ । जसमा जिल्लाभर पसल, बैक र बित्तिय संस्था दिउँसो ३ बजेसम्म खुल्ने भएका छन् । होटलहरुपनि दिउँसो ३ बजेसम्म खुल्ने छन् । भने निजी तथा सार्वजानिक र सरकारी सवारीसाधन साँझ ८ बजेसम्म गनतब्यमा पुग्ने गरी चल्न पाउने जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ । तर गुल्मीमा कोरोना संक्रमण दर निरन्तर बढिरहेको छ ।

    images
    images
    images

    साउन २४ गते एक हप्तामका लागि लकडाउन गर्दा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय ८६ जना रहेको थियो । तर अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर ६ सय ११ जना पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । साउन २४ गतेपछि गरिएको लकडाउनमा निरन्तरका कोरोनाका संक्रमित बढेका हुन् ।

    साउन २४ गते लकडाउन गरिएको पहिलो दिन ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । त्यस दिन कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय ८६ जना रहेको थियो । त्यपछि लकडाउन गरिएको दोस्रो दिन अर्थात् २५ गते गुल्मीमा ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । त्यस दिन जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर ५ सय ४६ जना पुगेको थियो ।

    त्यस्तै लकडाउन गरिएको तेस्रो दिन अर्थात् साउन २६ गते गुल्मीमा अझ बढी १  सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यसदिन जिल्लामा कोरोनाका सक्रिय संक्रमितकाृे संख्या बढेर ५ सय ६७ जना पुगेका थिए । त्यस्तै लकडाउन गरिएको चौथो दिन अर्थात् साउन २७ गते  गुल्मीमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि सक्रिय संक्रमित बढेर ६ सय २२ जना पुगेका थिए । त्यस्तै गुल्मीमा लकडाउन गरिएको पाँचौ दिन अर्थात् साउन २८ गते ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो ।

    उक्त दिन कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या बढेर ६ सय ३ख जना रहेका थिए । संक्रमित भन्दा डिस्चार्ज भएपछि सक्रिय संक्रमित केही कम देखिएका थिए । त्यस्तै लकडाउन गरिएको छैटौँ दिन अर्थात् साउन २९ गते ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि सक्रिय संक्रमित बढेर ६ सय ३८ जना पुगेका थिए । त्यस्तै लकाडाउन गरिएको सातौ दिन अर्थात् साउन ३० गते १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि सक्रिय संक्रमित बढेर ६ सय ४८ जना पुगेका थिए ।  

    त्यस्तै लकाडाउन गरिएको आठौँ दिन अर्थात् साउन ३१ गते गुल्मीमा ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएका थिए । त्यसदिन अर्थात्  हिजो जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको सख्या लकडाउन अवधिभरकै सबैभन्दा धेरै ७ सय ३३ जना रहेका थिए । गुल्मीमा साउन २४ गते बाट एक हप्ताका लागि गरिएको लकडाउनको अन्तिम दिन अर्थात् साउन ३२ गते आज जिल्लाभरमा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । आज डिस्चार्ज हुनेको सख्या लकडाउन अवधिभरमा सबैभन्दा धेरै  १ सय ९८ जना भएपछि कोरोना सक्रिय संक्रमितको संख्या ६ सय ११ जना रहेको छ ।

    डिस्चार्ज हुनेको संख्या केही बढी भएर कोरोना सक्रिय संक्रमित केही मात्रा कम देखिएपनि कोरोनाको संक्रमण दर उत्तिकै रहेको छ । साउन २४ गतेदेखी आजसम्म गरिएको लकडाउनमा कोरोनाको संक्रमणको दर केही मात्रा पनि घटेको छैन । निरन्तर बढिरहेको छ ।

    तर, लकडाउन खुकुलो पारेर खुल्ला सरह बनाइएको छ । जसका कारण सर्वसाधारणमा फेरि पनि कोरोना संक्रमणको त्रास छाएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले कोरोनाको संक्रमण फैलिएको वडा तथा गाउँमा स्थानीय तह आफैले लकडाउन गर्न सक्ने वा अत्याआवश्यक बाहेकका क्रियाकलापमा रोक लगाउन सक्ने भन्दै लकडाउन खुकुलो बनाइएको जनाएको छ । कोरोनाका संक्रमित निरन्तर बढेपनि लकडाउन खुकुलो बनाएपछि सर्वसाधरण आफै सर्तकता अपनाउनु आवश्यक छ ।-सन्ताेष महतारा 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।