रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा गृह जिल्ला रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ५ काभ्रामा पुगेर २१ औँ राष्ट्रिय धान दिवसमा सहभगि भएका छन् ।
“जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने नाराका साथ २१ औं राष्ट्रिय धान दिवसलाई व्यवहारमा लागु गर्नका लागि रोल्पाबाट प्रदेशवासीलाई सन्देश दिएको महराको सचिवालयले जनाएको छ । रोल्पाका कृषकहरु संगसंगै खेतमा धान रोपाई गरि मुख्यमन्त्री महराले १५ असारलाइ कृषिक्षेत्रको विशेष दिनका रुपमा मनाएका हुन् ।
‘जनआकांक्षा पुरा गर्ने हाम्रो सङ्कल्प ः दिगो विकास र सुशासन मात्र विकल्प’ भन्ने लुम्बिनी प्रदेश सरकारको नारालाई साकार पार्नका लागि कृषकहरुसंग हातेमालो गरेर सरकार अगाडि बढ्ने जमर्को गरेको मुख्यमन्त्री महराले बताए ।
दिनभरीजसो स्थानीय कृषकहरुसंग रोपाई तथा खनजोतमै ब्यस्त रहेका महराले कृषिक्षेत्रको विकासका लागि व्यवहारिक नीति जरुरी रहेको उल्लेख गरे । धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र कृषिक्षेत्रको विस्तारमा लुम्बिनी प्रदेश सरकारले ध्यान दिएको मुख्यमन्त्री महराको भनाई छ ।
धानबालीमा जलवायुमैत्री प्रविधि अपनाउन सके उत्पादनमा वृद्धि हुने र धान चामलको आयात प्रतिस्थापनमा सहयोग पुग्ने महराको विश्वास छ । सरकार र कृषकहरुले सहकार्य गर्नुपर्ने मुख्यमन्त्री महराको अभियान देखिन्छ ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ५ काभ्रामा भएको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रममा गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, पूर्व अध्यक्ष गुणेन्द्र घर्ती लगाएत अन्य जनप्रतिनिधि र स्थानियवासीको सहभागिता थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology