Logo

२०८३, श्रावण २७गते


images
images

छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

images
  • सेतोमसी सहकर्मी
  • छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन गरेका छन्। बुटवल शिवनगरस्थित गौशालाको अवलोकन गर्दै मुख्यमन्त्री महराले प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा चासो दिने बताएका छन्।

    images
    images
    images

    लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र बाँकेमा छाडा चौपायाको समस्या बढी भएको भन्दै उनले बुटवलले आफ्नै बलबुतामा छाडा चौपाया व्यवस्थापन थालेकोमा खुशी प्रकट गरे।

    images
    images
    images

    'मुख्य समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनमा बुटवलले आफै जे जसरी अगाडि सर्‍यो यो एकदमै राम्रो कुरा हो, उनले भने-बुटवललाई हामीले आगामी आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारलाई सपोर्ट गर्ने गरी बजेटको व्यवस्था गर्छौं।' 

    images
    images
    images

    उनले स्थानीय सरकारहरुलाई प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा विशेष साथ दिने र यो समस्याको समाधान गर्ने बताए। 

    मुख्यमन्त्री महरालाई गौशालाबारे जानकारी गराउँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले छाडा चौपाया व्यवस्थापनका चुनौती र स्थानीय सरकारलाई प्रदेश सरकारको साथ आवश्यक रहेको बताए। 

    प्रमुख पाण्डेयले छाडा चौपाया व्यवस्थापनका लागि प्रदेश सरकारले प्रदेश स्तरीय गौशाला स्थापना गरेर स्थानीय सरकारहरुलाई सहभागी गराउँदा दिगो व्यवस्थापन हुने बताए ।

    बुटवल उपमहानगरपालिकाले बुटवल ७ शिवनगरमा रहेको गौशालामा नगरभित्रका ५ सय भन्दा बढी छाडा गाइगोरु व्यवस्थापन गरिरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।