Logo

२०८३, कार्तिक २७गते


images
images

महिला सशक्तीकरणका लागि समान अवसर आवश्यक : मुख्यमन्त्री महरा

महिला सशक्तीकरणका लागि समान अवसर आवश्यक : मुख्यमन्त्री महरा

images
  • सेतोमसी सहकर्मी
  • महिला सशक्तीकरणका लागि समान अवसर आवश्यक : मुख्यमन्त्री महरा
    images

    दाङ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले महिला सशक्तीकरणका लागि राष्ट्रिय महिला आयोगलाई सक्रियतापुर्वक काम गर्न आग्रह गरेका छन् । उनले संघीय सरकारलाई नीति निर्माण कार्यका लागि पहलकदमी लिन पनि राष्ट्रिय महिला आयोगलाई आग्रह गरे ।  

    images
    images
    images

    लुम्बिनी प्रदेश सभाका नीतिगत विषयमा प्रदेश सभाको संसदीय समितिका सभापति र महिला सांसदहरूसंग गरिएको अन्तरक्रियामा उनले महिलालाई सबै क्षेत्रमा सवल र सक्षम बनाउनका लागि सबैले भुमिका खेल्नुपर्ने बताए । नेपालमा अहिले महिलाहरू घरयासी कामकाजमा बढि व्यस्त भएको देखिन्छ । उनले भने ‘महिलाहरुलाई सम्पत्तिमा पनि समान वितरणको अवसर प्रदान गर्नका लागि सहजीकरण गर्न जरुरी देखिएको छ । ’ 

    images
    images
    images

    पछिल्लो समय नेपालमा महिलाहरू राजनीति र विचारमा अगाडि आएको बताउँदै मुख्यमन्त्री महराले उनिहरुलाई आर्थिक आय आर्जनमा पनि सहयोग पुराउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

    images
    images

     राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा महिला सशक्तीकरणका लागि प्रदेश सरकारले सुरुवात गरेको मुख्यमन्त्रि महराको भनाई छ । उनले राष्ट्रिय महिला आयोगले लुम्बिनी प्रदेश सभाका महिला सांसदबाट आएका सुझावलाई समेटेर नीति नियम निर्माणमा सहयोग गर्नका लागि आग्रह समेत गरे । अन्तरक्रियामा बोल्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नेपालमा समावेशी र समानताका लागि महिला आयोगले नेपालको संविधानमा टेकेर काम गर्नुपर्ने बताए  । उनले समाजमा देखिएको विभिन्न विभेदको अन्त्यका लागि राष्ट्रिय महिला आयोगले अभियान चलाउनु पर्ने सुझाव दिए ।

    कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले नीति निर्माण तहमा महिला नेतृत्वलाई परेका समस्यालाई लिपिवद्ध गरि समाधानको मार्गमा राष्ट्रिय महिला आयोग जुट्नुपर्ने सुझाईन  । उनले महिलाहरूका हक, अधिकार र कानुनी जटिलतामा देखापरेका समस्या समाधानकालागि प्रदेश सरकारसँग सहकार्यका लागि पनि राष्ट्रिय महिला आयोगसंग आग्रह गरिन ।

    लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री कृष्णा के.सीले संविधानमा भएका कुरालाई लागू गर्नकालागि सबै निकायले सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताइन्  । उनले आफ्नो घरपरिवारबाट नै छोराछोरी बिचमा हुने विभेदको न्यूनिकरणका लागि आफूले आफैबाट पहल गर्न जरुरी गरेको धारणा राखिन् ।

    कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले नेपालका सबै प्रदेशका महिला सांसद संग प्रत्यक्ष रुपमा छलफल गर्दै आइरहेको जानकारी दिनै महिला हक हितका लागि नीतिगत रुपमा काम गरिरहेको बताईन  । उनले समाजमा अहिले पनि महिला पुरुष बिच ठुलो विभेद भएको भन्दै त्यसको न्यूनिकरणका लागि जनप्रतिनिधिह सँग राष्ट्रिय महिला आयोगले सहकार्य गरेर काम गरिरहेको जानकारी दिइने ।

    अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सभा नीतिगत विषयका प्रदेश सभा संसदीय समितिका सभापतीहरु र महिला सांसदहरूको उपस्थित रहेको थियो । उपस्थित सभापति तथा महिला सांसदहरुले राष्ट्रिय महिला आयोगले गर्नुपर्ने विषयमा आफ्नो धारणा तथा सुझाव राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री महरा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।