रेशम अधिकारी, काठमाडौँ - आज देशभर कोरोना भाइरसबाट ५ सय १७ जना संक्रमित भएका छन् ।
४ हजार ३ सय ८६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ४ सय ६० जना तथा ८ सय १७ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ५७ जना गरी जम्मा ५ सय १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ ।
यसैगरी आज थप १ सय ५३ जना कोरोना सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ९७ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल, नेपालमा ३ हजार ६ सय ८ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै देशभरि आज कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।