देवदह । देवदह नगरपालिका वडा नं ५ को स्वस्थ्य कार्यालयले आफ्नो वडा भित्र रहेका ३ निजी विद्यालय र १ सामुदायिक विद्यालयका शिक्षक तथा स्वस्थ्य स्वयंसेविकालाइ आइ.पि.भी. खोप अभियान २०८१ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आइ.पि.भी खोप अभियान २०८१ लाई मध्यनजर गर्दै अभिमुखिकरण कार्यक्रम गरिएको हो ! अभियान जेठ १३ देखि १७ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुँदैछ ।देवदहमा पनि १२ वटै वडामा जेष्ठ १३ गतेदेखि १७ गते सम्म अभियान संचालन हुने छ। वडा नं ५ को स्वास्थ्य कार्यालयले आफ्नो वडा भित्र रहेका बिद्यालयहरुमा चरणबद्ध कार्यक्रम गर्ने जनाएको छ ।
अभियानको क्रममा जेठ १३ गते बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयका ३ सय ६ जना विद्यार्थीलाइ खोप दिने जनाइएको छ भने १४ र १५ गतेको दिन देवदह मदर टङ्गस एकेडेमीका १ सय २७ विद्यार्थी र न्यु लुम्बिनी ई बो स्कुलका ९२ विद्यार्थीलाइ खोप लगाइने कार्यक्रम रहेक छ । यसैगरि तेस्रो दिन जेठ १६ गते केरवानी माध्यमिक विद्यालयका ४० विद्यार्थीलाइ खोप लगाउने र अन्तिम दिन १७ गते खोप लगाउन छुटफुट विद्यार्थीलाइ देवदह नगर अस्पतालबाट खोप लगाउने कार्यक्रम रहेको देवदह नगर अस्पतालका डाक्टर सन्ध्या सेनले जानकारी गराइन ।
डाक्टर सेनका अनुसार खोप केन्द्र रहेको विद्यालयमा स्वयंसेविकाको रुपमा सोहि विद्यालयका शिक्षकहरुले सहयोग गर्नेछन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology