देवदह । देवदह नगरपालिका वडा नम्बर ५ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको हो ।
देवदह ५ पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा भएसङ्गै देवदहका सबै वडा पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा भएको जनस्वास्थ्य अधिकृत काशिनाथ बन्जाडेले जानकारी दिए ।
कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङ्गले वडालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको प्रमाणपत्र प्रदान गर्दै लुम्बिनी प्रदेश सरकारले तयार गरेको स्वास्थ्य मापदण्ड पुरा गरेपछी पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको बताइन् ।
देवदहका सबै वडा पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा भएको घोषणा गर्दै गुरुङले घोषणा मात्र गरेर नहुने र दिगोपन र सुनिश्चितताका लागि सम्पूर्ण नगरवासी, वडावासी, स्वास्थ्यकर्मि जनप्रतिनिधि सबै जिम्मेवार बनेर लाग्न अनुरोध गरिन् ।
छिट्टै पालिकालाई पनि पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका घोषणा गरिने उनको भनाइ छ।
सो अवसरमा स्वास्थ्यको क्षेत्रमा कार्यरत रहेर महत्त्वपूर्ण योगदान पुर्याउने स्वास्थ्यकर्मी र स्वयंसेविकालाई पनि सम्मान गरिएको थियो।
कार्यक्रम वडा अध्यक्ष गणेश डुम्रेको अध्यक्षता, देवदह नगर अस्पतालका प्रमुख डा. संज्ञा सेनको स्वागत र नर्सिङ अधिकृत माया पुनको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology