सुमन गाहा, पाल्पा । बाघको छाला सहित पाल्पामा दुईजना युवा पक्राउ परेका छन । बिक्रिको लागि अर्घाखाँची जिल्लाबाट पाल्पा हुँदै अन्यन्त्र लैजाने क्रममा पाल्पाको रिब्दीकोट गाउँपालिका ५ कुसुमखोलाबाट बाघको छाला सहित दुईजना युवा प्रहरी नियन्त्रणमा परेका हुन ।
गोप्य सुचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान ब्यूरोको टोलि र हार्थोक प्रहरी चौकिको संयुक्त टोलिले एक थान बाघ (चितुवा) को छाला सहित दुई युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
अर्घाखाँचिबाट पाल्पा तर्फ ल्याउने क्रममा वर्ष ४० का रविन मिया र वर्ष ३५ का विष्णु खत्री पक्राउ परेका हुन ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology