रेशम अधिकारी, देवदह । रुपन्देहीको देवदहमा राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार एमसिसिको विरुद्धमा प्रदर्शन गरेका छन्। शनिबार बिहान १२ बजे पार्टी र राष्ट्रिय झणडा र ब्यानरमा सहित विरोध प्रदर्शन गरिएको हो ।
विरोध यालीमा सहभागीले एमसीसी राष्ट्रघाती हो भन्दै यो सम्झौता कुनै हालतमा पारित गर्न नहुने नारा लगाएका थिए।
प्रर्दशनमा सहभागीहरुले 'एमसीसी खारेज गर', 'राजा आऊ देश बचाऊ', 'राजसंस्था पुन स्थापन गर', 'संघीयता खारेज गर, 'भारतिय हस्तक्षेप बन्द गर' लगायतका नारा लगाएका थिए।
देवदहको भलुहीबाट निकालिएको विरोध जुलुस घोडाहा चोक, शितलनगर चोक, हुँदै खैरेनी चोक पुगेर कोणसभामा परिणत भएको थियो।


Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology