Logo

२०८३, आश्विन ९गते


images
images

पोखरा पर्यटकीय राजधानी भएकामा प्रदेशप्रमुख भट्टले मेयर आचार्यलाई दिए बधाई

पोखरा पर्यटकीय राजधानी भएकामा प्रदेशप्रमुख भट्टले मेयर आचार्यलाई दिए बधाई

images
  • सेतोमसी सहकर्मी
  • पोखरा पर्यटकीय राजधानी भएकामा प्रदेशप्रमुख भट्टले मेयर आचार्यलाई दिए बधाई
    images
    images

    राजेश पराजुली, पोखरा । बाग्मति प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्न सफल भएको भन्दै प्रमुख आचार्य लगायत सम्पूर्ण पोखरेलीहरुलाई प्रदेश प्रमुख शर्माले बधाई दिएका छन् ।

    images
    images
    images

    आफूहरुको लामो समयको निरन्तर प्रयत्न पछि पोखरेलीहरुको चाहना र भावना अनुसार पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको प्रमुख आचार्यले जानकारी दिए । यस क्षेत्रमा हुने असंख्य पर्यटकीय गतिविधिले पोखरा पर्यटनलाई चलायमान बनाउन र संसारभरीका पर्यटकहरुलाई पोखरासम्म ल्याइपुर्याउन महत्वपूर्ण सहयोग पुगेको उनले बताए ।

    images
    images
    images

    पोखराका सुन्दर तालहरु र हिमालय श्रृखलाको सम्बन्ध विश्व मै उत्कृतष्ट रहेको भन्दै प्रदेश प्रमुख शर्माले यसलाई बाग्मति प्रदेशको पर्यटनसँग जोड्दै लैजानु पर्नेमा जोड दिए। दीगो पर्यटन विकास आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि महत्वपूर्ण हुने उनले बताए । आफू मुस्ताङसम्मको यात्राको क्रममा रहेको बताउँदै उनले पोखरालाई केवल एक उपत्यकाको रुपमा मात्र लिन नहुने बताए । पोखरासँग समग्र गण्डकी प्रदेश कै जनजिवन जोडिएको उनले बताए ।

    images
    images
    images

    नगर प्रमुख आचार्यले आफूहरु वृहत्तर पोखराको अवधारणामा सञ्चालित विकासका गतिविधिहरुमा आवश्यक समन्वय गर्दै महानगर क्षेत्रमा पर्यटन पूर्वाधारहरु निर्माणको क्रम तिव्र पारिएको बताए । महानगरको समग्र विकासका लागि प्रदेश तथा केन्द्र सरकारसंग आवश्यक समन्वय गर्दै पर्यटन सहित मानव संसाधन, शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा पनि आफूहरु निरन्तर लागिरहेको प्रमुख आचार्यले बताए । पोखराको पहिचानसँग जोडिएका प्राचिन तथा लोपोन्मुख संस्कृतिहरुको संरक्षण, जर्गेना र प्रवद्र्धनमा महानगर प्रतिवद्ध रहेको उनको भनाई थियो ।

    भेटवार्ताका क्रममा उनीहरुका बीच अनुभव आदान प्रदान सहित समसामयिक राजनीतिक विषयमा समेत भलाकुसारी भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्यटकीय राजधानी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।