Logo

२०८३, आश्विन ९गते


images
images

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन

images
  • पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा लिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरेको हो । विभिन्न संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ सहित ११ जना समिति सदस्य रहेका छन् ।

    images
    images
    images

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशले पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने सम्बन्धी संक्षिप्त अवधारणापत्र तयार गरिसकेको छ । सोही अवधारणापत्र बमोजिम विस्तृत अध्ययन गर्न समिति गठन गरिएको हो ।

    images
    images
    images

    पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न आवश्यक पर्यटकीय पूर्वाधारको विकास तथा सेवाको गुणात्मकता वृद्वि गर्ने नीतिलाई कार्यान्वयन गर्न अध्ययन समिति गठन गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । गण्डकी प्रदेशको समृद्धीको मुख्य आधार पर्यटन भएकाले प्रदेश सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र रहेको उनले बताए । 

    images
    images
    images

    पोखराको नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास तथा प्रचारप्रसार र विद्यमान पर्यटकीय पूर्वाधारहरुको विकास तथा विविधीकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास र घोषणा गर्न विस्तृत अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिको कार्यक्षेत्र र कार्यअवधि तोकिएको छ ।

    पर्यटकीय राजधानीको रुपमा विकास गर्न आवश्यक पूर्वाधारहरुको पहिचान गर्ने, पर्यटकीय राजधानीको रुपमा विकास गर्नका लागि सेवाको गुणात्मकता बृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पहिचान गर्ने, प्रदेश राजधानी घोषणा गर्नका लागि आवश्यक मापदण्डहरुको पहिचान गर्ने, प्रदेश राजधानी घोषणा गर्ने प्रक्रियाहरु पहिचान गर्ने, संघ सरकारसँग समन्वय गर्ने,अध्ययन प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने गरि समितिको कार्यक्षेत्र तोकिएको छ ।

    उपाध्यक्ष, नीति तथा योजना आयोग, गण्डकी प्रदेश  संयोजक सदस्यहरु :
    सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश (उद्योग तथा पर्यटन) उपाध्यक्ष, शहरी योजना आयोग, पोखरा महानगरपालिका, कास्की प्रमुख, नेपाल पर्यटन बोर्ड प्रमुख, पोखरा पर्यटन परिषद्, कास्की उपाध्यक्ष, पोखरा महानगर पर्यटन विकास समिति पर्यटन विज्ञ, डा. रामजी शर्मा पर्यटन विज्ञ, वासुदेव त्रिपाठी प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की प्रमुख, पर्यटक प्रहरी, कास्की
    अध्यक्ष, नेपाल पत्रकार महासंघ, कास्की उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशको प्रशासन, योजना तथा पर्यटन महाशाखा प्रमुख वा पर्यटन हेर्ने महाशाखा प्रमुखले सचिवको रुपमा काम गर्नेगरी जिम्मेवारी तोकिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।