Logo

२०८३, आश्विन ९गते


images
images

पर्यटकीय राजधानी घोषणा अध्ययन समितिले बुझायो प्रतिवेदन

पर्यटकीय राजधानी घोषणा अध्ययन समितिले बुझायो प्रतिवेदन

images
  • पर्यटकीय राजधानी घोषणा अध्ययन समितिले बुझायो प्रतिवेदन
    images
    images

    पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि गठित अध्ययन समितिले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ ।

    images
    images
    images

    समितका संयोजक प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले मुख्मन्त्री सुरेन्द्रराज पाण्डेलाई उक्त अध्ययन प्रतिवेदन बुझाएका हुन् ।

    images
    images
    images

    समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आवश्यक प्राथमिकताका तोक्दै प्रतिवेदन बुझाएको हो ।

    images
    images
    images

    संयोजक देवकोटाले ४५ पृष्ठ लामो प्रतिवेदनमा पर्यटकीय राजधानीको रूपमा विकास गर्न आवश्यक पूर्वाधार, सेवाको गुणात्मकता वृद्वि, सेवाको मापदण्ड लगायतका विषयमा समेटिएको जानकारी दिए ।
    प्रतिवदेनले दुई वर्षे पाँच वर्षे र दीर्घकालिन योजनालाई समेटेको छ ।

    पर्यटकिय राजधानी घोषणाका लागि पहिचान प्रदेश, संघीय र स्थानीय सरकारको समन्य हुनुपर्ने लगायतका विषयलाई पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    प्रतिवेदन बुझ्दै मुख्यमन्त्री पाण्डेले घोषणा नभए पनि पोखरा पर्यटकीय राजधानी नै रहेको दावी गरे । उनले पोखरा भनिए पनि यो गण्डकी प्रदेशकै विषय भएकाले पोखरा महानगर साथै रहेको र अन्य पालिकाहरुसंग समेत सहकार्य गरिने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्यटकीय राजधानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।