देवदह । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय सचिव छविलाल विश्वकर्माले देशमा देखिएको राजनीतिक अस्थिरताका कारण अव्यवस्थित बसोवास र सुकुम्वासी समस्या समाधान हुन नसकेको बताएका छन् । शनिवार पार्टीको देवदह ५ र ७ को अधिवेशनलाई सम्बोधन गर्दै रूपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य समेत रहेका विश्वकर्माले समस्या समाधानको लागि एमालेले पहल गरीरहेको दावी गरे ।
आफुले संसदमा अव्यवस्थित बसोबास र सुकुम्बासी समस्याको विषयलाई गम्भीरताका साथ उठाएको उल्लेख गदै उनले नागरिकको मुद्दालाई पार्टीले प्राथमिकता दिएर उठान गरेको दावी दोहोर्याए ।
आगामी निर्वाचनमा एमाले निर्णायक शक्तिको रुपमा स्थापित गराउने गरी पार्टीका नेता कार्यकर्ताहरु लाग्नु पर्नेमा जोड दिंदै उनले आगामी एक बर्ष पार्टी सुदृढिकरण बर्षको रुपमा लैजाने र पार्टी सत्तामा रहेपनि सत्ता केन्द्रित नहुने बताए ।
देशको अवस्थालाई ध्यान दिएर गठनबन्धन बनाएर एमाले सत्तामा गएको उल्लेख गर्दै नेता विश्वकर्माले नागरिकको आधारभूत समस्यालाई सम्बोधन गर्ने गरी निर्वाचित जनप्रतिनिधिहरु काममा लाग्नु पर्नेमा बताए ।
अधिवेशनले चक्रपाणी न्यौपानेको अध्यक्षतामा एमाले देवदह–५ शाखा कमिटी गठन गरेको छ भने देवदह–७ मा रिता थापाको अध्यक्षतामा शाखा कमिटी गठन भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology