सुमन गाहा, पाल्पा । जिल्ला प्रशासन कार्यालयले आज (बुधबार) देखि दश दिनका लागि अधिकांश सेवा बन्द गरेकाे छ । प्रशासनका ५ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि प्रशासनले अधिकांश सेवा दश दिनका लागि बन्द गरेकाे हाे ।
प्रशासनले बुधबार साउन २० गतेदेखि २९ गतेसम्मका लागि विपद् व्यवस्थापन, शान्ति सुरक्षा र मुद्धा तथा ठाडो उजुरीबाहेकका अन्य सबै सेवा बन्द गरेकाे पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रशासन कार्यालयका पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि केही सेवाबाहेक सबैखाले सेवा बन्द गर्नुपरेको बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology