माधव ज्ञवाली, गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न. ५ मा निकै पहिलेदेखि पैदलयात्रीहरुको बिश्रामस्थलका रुपमा चिनिँदै आएको बरबिपलको संरक्षण गरिने भएको छ। योङ कम्युनिस्ट लिग तथा अखिल (क्रान्तिकारी) र रुरुक्षेत्र गाउँपालिकाको संयुक्त पहलमा संरक्षण हुने भएको हो।
पछिल्लो समय सो ठाउँ संरक्षणको अभावमा वनमारा झार, ऎसलुको काडा तथा विभिन्न झार पातले छोपिएर कु-रुप बन्दै गएको थियो।
स्थानीय युवाहरुको पहलमा सफा गरि सोमबारदेखि नै चौपारी निर्माण र फुल वृक्षरोपणको लागि काम सुरु गरिएको स्थानीय नेता बालेन श्रेष्ठले बताए । "विभिन्न मनकारि वाईसियलका युवाहरूको भौतिक सहयोग तथा स्थानिय युवाहरुको श्रमदानमा चौपारि तथा बगैँचा निर्माण गर्न लागिएको छ - श्रेष्ठले भने ।
"हाम्रो यस क्षेत्रकै सुन्दर नगरी रूरूक्षेत्र-५ रानिवास ध्युवेसी सभाहल नजिकै रहेको बरपिपल पुरानो दु:ख सुख विछ्याउने छहारी हो "- अर्का युवा नेता एवं समाजसेवी यदु ज्ञवालीले बताए । सो स्थान जनबोध मावि, रानिवास बजार, श्रिंगेश्वर बहुमुखी क्याम्पस साथै बम्घा -बलेटक्सारको संगम स्थलको रुपमा रहेको उनी बताउँछन् ।
यस बरपिल लामो समय देखी रानिवास धोविघाट सडक खण्डमा निर्माणको कार्य भईरहेको हुँदा यहा आएर बस्न, शित्तल छहारी लिन अप्ठेरो परेको सहजै अनुमान गर्न सकिने भएकोले वरपिपलमा चौपारी निर्माण गर्दै यस बरिपरी बगैचा निर्माण गर्न यस क्षेत्रका युवाहरू जुट्ने प्रयास गरिरहेकोले सबैको साथ र सहयोग पाउने अपेक्षा राखेको ज्ञवालीको भनाई छ।
संरक्षण गर्न लागिएको बरपिपल बाटोघाटो हिड्नेहरुको लागि मात्र छहारी भने थिएन । धेरै पहिले देखि नै जनबोध माविमा अध्ययन गर्ने बिद्यार्थीहरु दिउँसो १ बजेको छुट्टिमा त्यहाँ आउने, शित्तलमा रमाउने, खेल्ने, खाजा खाने समेत गर्थे। तर अहिले कुरुप हुँदै गएकोले त्यस्तो केही देख्न नपाइने स्थानीयहरु बताउँछन् ।
त्यति मात्र नभएर अब बन्दै गरेको गाउँपालिकाको भवन स्थल, गाउँपालिकाको खेलमैदान सङ्गै त्यस स्थानबाट पुरै घ्युबेशी फाँटको सजिलै अवलोकन गर्न सकिन्छ । उक्त स्थानको संरक्षण हुने भएपछि पहिलेका दिन पुनः देख्न पाइने भन्दै स्थानीयहरू खुसी देखिन्छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology