राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा हिड्ने क्रममा चिप्लिएर एक महिलाको मृत्यु भएको छ । सब डिभिजन वन कार्यालय शितलनगरमा कार्यरत ५० बर्षिया बिष्णु माया मगरको चिप्लिएर मृत्यु भएको हो ।
मङ्गलबार दिउँसो पानी परिरहेको बेला छाता लिएर उनी कार्यालय वरिपरि हिडिरहेकी र अचानक चिच्याएको आवाज आउना साथ वन कार्यालयका कर्मचारी त्यहा पुग्दा उनी ढलिरहेको अवस्था मा फेला पारेको सव डिभिजन बन कार्यालयका प्रमुख चन्द्र बहादुर भाटले बताए । कर्मचारीले त्यस लगतै बिष्णु मायालाइ उठाउने र बोलाउने प्रयत्न गरे तर उनी उठिनिन् - उनले भने ।
उनी लामो समयदेखि सब डिभिजन वन कार्यालय शितलनगरमा नर्सरीमा रहेका बिरुवाहरु हेर्ने नर्सरी नाइके समेत रहेकी देवदह शितलनगरकी विष्णु मायालाई घटना लगत्तै देवदह मेडिकल कलेज भलुही पुर्याईए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । उनको शवलाइ पोस्टमाटमका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको देवदह प्रहरी चौकीका इन्चार्ज गंगा सारुले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology