Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले राजीनामाको घोषणा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले राजीनामाको घोषणा

images
  • नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले राजीनामाको घोषणा
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अलमुतारीले  राजीनामाको घोषणा गरेका छन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जालमार्फत आफुले राजीनामा दिन लागेको बताएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफूलाई दुःख दिएको भन्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

    images
    images
    images

    एन्फा उपाध्यक्ष नेम्वाङले आफूलाई अनेक बहाना बनाएर दिनदिनै दुःख र हैरानी दिएको प्रशिक्षक अलमुताइरीको भनाइ छ । राजीनानामा दिने जानकारी गराएका उनले आजै एन्फामा उक्त राजीनामा पत्र बुझाउने समेत बताएका छन् ।

    images
    images
    images

    IMG_20210725_131454.jpg

    उनले फेसबुकमा लेखेका छन्, ‘म राजीनामा दिन एन्फामा जान लागेको छु, किनभने वरिष्ठ उपाध्यक्षका कारण म बाध्य छु । पछिल्लो ३ हप्तादेखि उनले ममाथि नाटक गरिरहेका छन् । अब खुशी होलान् ।’

    एन्फाले कुबेती नागरिक अलमुताइरीलाई २०७७ चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मैत्रीपुर्ण फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।