Logo

२०८३, श्रावण २७गते


images
images

लायन्स क्लब देवदहको 'कपल प्लान्टेसन', ४१ जोडिले बृक्षारोपण गरे

लायन्स क्लब देवदहको 'कपल प्लान्टेसन', ४१ जोडिले बृक्षारोपण गरे

images
  • लायन्स क्लब देवदहको 'कपल प्लान्टेसन', ४१ जोडिले बृक्षारोपण गरे
    images
    images

    देवदह । रुख रोप्ने तर संरक्षण नगर्ने गरेका कारण देखावटीको लागि मात्र बृक्षारूपण मात्रै बनिरहेको सन्दर्भमा रुपन्देहीको देवदहमा संरक्षण गर्ने सर्त सहित बृक्षा रोपण गरीएको छ ।

    images
    images
    images

    लायन्स क्लब अफ देवदहको आयोजनामा क्लबले संञ्चालन गरेको आँखा क्लिनिक हाता भित्र शनिवार एक दर्जन जोडी सहित ४१ वटा अशोकाको बिरुवा रोपिएको हो ।IMG-20210724-WA0001.jpg  लायन्स क्लबमा आबद्ध सदस्यको जोडी, लायन्सका सदस्य, लियो क्लब अफ देवदहका सदस्य र पत्रकार सहितले संरक्षण गर्ने सर्त सहित रुख रोपेको क्लबका अध्यक्ष विनोद थापा मगरले जानकारी दिए ।
               रुख रोप्नेले आफैँले पानि हाल्ने र संरक्षण गर्ने काम गर्नु पर्नेछ र उत्कृष्ट तरीकाले संरक्षण गर्नेहरु बिच प्रतिस्पर्धा गराइनेछ । बृक्षारोपण कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक गर्भनर अर्जुनमान शैजुले लायन्स क्लबले कोरोना महामारीको जोखिमको समयमा संकट समाधानको क्षेत्रमा उत्कृष्ट  गरेको बताए । अहिले लायन्स क्लबको बृक्षारोपण सप्ताहा चलिरहेको उल्लेख गर्दै बृक्षारोपण गरेर मात्रै नहुने संरक्षण पनि गर्नु पर्ने बताए । बुटवल लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले छिट्टै देवदहको आँखा क्लिनिक संञ्चालनमा आउने जानकारी दिए । 
     
     कार्यक्रम क्लबका अध्यक्ष विनोद थापा मगरको अध्यक्षता र सचिव सिरु सापकोटाको संञ्चालनमा सम्पन्न भएको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।