Logo

२०८३, श्रावण २७गते


images
images

पल्पसा डंगोल (चम्सुरी )लाई मिर्गौला दिन आफन्त तयार 

पल्पसा डंगोल (चम्सुरी )लाई मिर्गौला दिन आफन्त तयार 

images
  • पल्पसा डंगोल (चम्सुरी )लाई  मिर्गौला दिन आफन्त तयार 
    images
    images


    काठमाडौं । टेलिसिरियल ‘मेरीबास्सै’ बाट  चर्चामा आएकी कलाकार पल्पसा डंगोल दुवै मिर्गौला फेल भएर अस्पतालमा उपचाररत छिन् ।

    images
    images
    images


    हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल भएपछि उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । पल्पसा विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् । तर, उनले यसको जानकारी भने कसैलाई पनि दिएकी थिइनन् । तर, एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् । वुझिएअनुसार, उनको किन्डी ट्रान्सप्लान्टका लागि ५० लाख भन्दा बढी रकम लाग्नेछ । कलाकारहरुले उनको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेका छन् । हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले‘चम्सु री’ नामले चिन्दै आएका छन् । उनले ‘दृष्टी’ नामक सिरियलको पनि निर्माण गरेकी थिइन् ।

    images
    images
    images

    स्वास्थ्य अवस्था सार्वजनकि हुँदा कलाकार डंगोलले आफुलाई अन्य सहयोग भन्दा पनि यतिबेला मिर्गौलाको नै आवश्यकता रहेको बताएकी थिइन् । 
    उनको यस अभिव्यक्तिमा उनका प्रशंसक तथा सुभचिन्तकहरुले स्वास्थ्यलाभको कामना गर्नुको साथै मिर्गौला दिन आफुहरु तयार रहेको बताएका थिए ।

    images
    images
    images

    तर, नेपालको कानूनले आफन्तलाई मात्र मिर्गौला दान गर्न अनुमति दिएको छ । सोही अनुसार हाल उनलाई मिर्गौला दान गर्नकालागि ५ जना आफन्त इच्छुक रहेको बताइएको छ । यदि म्याच भएमा डंगोलको छिट्टै नै नेपामा नै मिर्गौला प्रत्यारोपण गर्ने पारिवारिक तयारी रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मिगौलामा समस्या
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।