Logo

२०८३, श्रावण २७गते


images
images

मृगौलाको समस्याले ज्यान गुमाएकी अन्जुको सम्झनामा ३ लाखको अक्षयकोष स्थापना

मृगौलाको समस्याले ज्यान गुमाएकी अन्जुको सम्झनामा ३ लाखको अक्षयकोष स्थापना

images
  • सेतोमसी सहकर्मी
  • मृगौलाको समस्याले ज्यान गुमाएकी अन्जुको सम्झनामा ३ लाखको अक्षयकोष स्थापना
    images
    images

    सूर्य सुनार, चैत्र २५, गुल्मी । उपल्लो तम्घास माध्यामिक विद्यालयमा स्वर्गिय अन्जु बस्नेतको सम्झनामा ३ लाखको अक्षयकोष विद्यालयमा स्थापना भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ मा रहेको उपल्लो तम्घास माध्यामिक विद्यालयमा स्व.अन्जु बस्नेतको सम्झनामा उनको परिवारले ३ लाखको अक्षयकोषको स्थापना गरिदिइएको हो ।

    images
    images
    images

    स्व. बस्नेत लामो समयदेवी उनलाई मिगौलामा समस्या देखिएको थियो । त्यसपछि उनको उपचार परिवारले गर्दै आएको थियो । तर दैवको लिला उनलाई परिवारले बचाउन सकेन् । त्यसपछि उनको उपचारका लागि सामाजिक अभियान्ता तिलक बस्नेत, प्रकाश बस्नेत, सूर्य बस्नेत, कृष्ण बस्नेत, देव बहादुर बस्नेत, र कृष्ण बस्नेतहरुले उनको उपचारको लागि देश तथा विदेशमा सहयोगको अपिल गरी रकम संकलन गरेको अभियान्ता तिलक बस्नेतले बताउनुभयो । तर उनको उनको ज्यान भने बचाउन नसकिएको तिलक बस्नेतले बताउनुभयो ।

    images
    images
    images

    स्व. अन्जु बस्नेतको बुवा नेत्र बहादुर बस्नेतले छोरी बचाउनलाई आफुले धेरै प्रयास गरे तर  दैवको हातबाट बचाउन नसकेको बताउनुभयो । मानवताको भावनाले मेरो छोरी बचाउन सहयोग गर्ने सबै प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । साथै छोरीले अध्ययन गरेको विद्यालयमा आफुले अक्षयकोष स्थापना गरेको बताउनुभयो । 

    images
    images
    images

    विद्यालयकी प्रधानध्यापक पिंकी भुसालले विद्यालयको नाममा अक्षयकोष स्थापना गरेमा खुशी व्यक्त गर्नुभयो । विद्यालयले ३ लाखको बार्षिक व्याजबाट आउने रकममा विद्यालयमा अध्ययन गर्ने जेहेन्दार तथा गरिव विद्यार्थिलाई पुस्कार दिने प्रधानध्यापक भुसालले बताउनुभयो । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नारायण सुनारले स्व. अन्जु बस्नेतलाई बचाउन नसक्दा दुख व्यक्त गर्नुभयो । मान्छेको जन्म भएपछि मृत्यृ हुने प्रकृतिक नियम भएको बताउनुभयो । विद्यालयलाई सम्झेर अक्षयकोष स्थापना गर्नुभएकोमा कुनै किसिमले रकम हिनाविना नहुने बताउनुभयो । 

    कार्यक्रममा जनप्रतिनिधि जुना विश्वकर्मा, दिपक थापा तथा समाजसेवी र पत्रकारको उपस्थित रहेको थियो । विद्यालयका सहायक प्रधानध्यापक बावुलाल मरासिनीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।