Logo

२०८३, श्रावण २७गते


images
images

 देवदहमा एकैरातमा दुईवटा मोटरसाइकल चोरी

 देवदहमा एकैरातमा दुईवटा मोटरसाइकल चोरी

images
  •  देवदहमा एकैरातमा दुईवटा मोटरसाइकल चोरी
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा एकैरातमा दुईवटा मोटरसाइकल चोरी भएका छन् । देवदह- ३ सुरजपुरा र देवदह-५ बाट एक-एक वटा मोटरसाइकल चोरी भएको रिपोर्ट प्रहरी चौकीमा दर्ता भएको देवदह प्रहरी चौकीका इञ्चार्ज डाक्टर प्रसाद चौधरीले जानकारी दिए । 

    images
    images
    images

    गत राति देवदह- ३ का सुबास गिरीको लु ६६ प् ७७९५ नम्बरको मोटरसाइकल र देवदह-५ का प्रेम डुम्रेको लु ४५ प ६२४७ नम्बरको मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    मोटरसाइकल चोरी भएकोबारे सेतोमसीसंग कुरा गर्दै  देवदह- ३ का सुवास गिरीले रातको २ बजेसम्म बाइक सुरक्षित नै रहेको भएपनि बिहान उठ्दा बाइक चोरी भएको बताए । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयले चोरी भएका बाइक खोज्न घरघरै पुग्ने अभियान चलाईरहदा देवदहमा भने दशैं यता ८ वटा मोटरसाइकल र स्कुटर चोरी भएका छन् ।  जसमध्ये एउटा स्कुटर भने प्रहरी फेला पार्न सफल भएको छ ।

    चोरीमा ठुलै गिरोह संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ । केही समयअघि देवदहबाटै चोरीमा संलग्न गिरोहको सदस्य दावी गर्दै एकजनालाई प्रहरी पक्राउ गरेपनि चोरीका घटनामा कमी नआउँदा स्थानीयहरू त्रसित छन् । 

    प्रहरीले गेट नभएको घरको पेटीमा मोटरसाइकल र स्कुटर राख्दा ह्विल लक गर्न सुझाउँदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।